कोरोना संक्रमित बढेपछि धनकुटामा एक साता थपियो निषेधाज्ञा  | Khabarhub Khabarhub

कोरोना संक्रमित बढेपछि धनकुटामा एक साता थपियो निषेधाज्ञा 


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनकुटा – कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले निषेधाज्ञा पुन: एक साताका लागि थप गरेको छ ।

जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को बैठकले जिल्लाभरी एक साता पुन: निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

संक्रमण रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ अनुसार आगामी भदौ १७ गते मध्यरातसम्म निषेधाज्ञाको अवधि बढाइएको प्रजिअ विमलीले बताए ।

धनकुटामा यसअघि दुई सातादेखि निरन्तर निषेधाज्ञा जारी छ । बैठकले दैनिक उपभोग्य सामग्री बिक्रीका लागि बिहान ७ बजेदेखि १० र साँझ ५ देखि ७ बजेसम्म पसल खुला गर्न दिने निर्णय गरेको छ ।

बैठक, सभा सम्मेलन, गोष्ठी, अन्तर्क्रियाका नाममा मानिस भेला पूर्ण रुपमा बन्देज गरिएको छ ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ०३ बजे

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या