टेलिभिजन दुनिँयामा एकछत्र राज गर्ने एकता कपूरका १० सिरियल | Khabarhub Khabarhub

टेलिभिजन दुनिँयामा एकछत्र राज गर्ने एकता कपूरका १० सिरियल


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउडकी चर्चित निर्माता एकता कपुर फिल्ममा भन्दा टेलिभिजन सिरियल बनाउनेमा सफल मानिन्छन् । एकताले भारतीय टेलिभिजनमा एक छत्र राज गरेकी छन् भन्दा फरक पर्दैन । उनले आफ्नो प्रोड्क्शन हाउसमार्फत कैयौं सुपरहिट सिरियल बनाएकी छन् । त्यसैले उनलाई टेलिभिजन क्वीन भनिन्छ । यी हुन् एकताका हिट सिरियलहरु :

१. क्यु कि सास भी कभी बहू थी
क्यु कि सास भी कभी बहू थी नामक भारतीय सिरियल निकै हिट बनेको थियो । यो सिरियल आजसम्म पनि टेलिभिजन इतिहासमा सबैभन्दा हिट रहेको छ । भारतीय नेतृ स्मृति ईरानीको अभिनय रहेको यो सिरियलको १ हजार ८ सय ३३ भाग प्रशारण भएको थियो ।

२. कहानी घर घरकी
एकता कपूरकै निर्माणमा बनेको कहानी घर घरकीले कुनै सिरियललाई टक्कर दिन्थ्यो भने त्यो थियो क्यु कि सास भी कभी बहू थी नै थियो । हुनत यसले क्यु कि सास भी कबि बहू थीको रेकर्ड तोड्न सकेन तथापी निकै सफल रह्यो । यस सिरियलमा साक्षी तन्वर मुख्य भुमिकामा थिइन् ।

३. बडे अच्छे लगते हैं
राम कपूर र साक्षी तन्वरलाई लिएर युनिक स्टोरीलाइनमा निर्माण गरिएको बडे अच्छे लगते हैं पनि निकै हिट सिरियल बन्यो । यसमा राम र साक्षीको जोडी यति हदसम्म हिट भयो कि उनीहरुले यसपछि गरेका अलग अलग सिरियलमा समेत दुबैलाई एकैसाथ काम गर्न अनुरोध आउने गर्दथ्यो ।

४. हम पाँच
एकता कपूरकै निर्माणमा तयार भएको हम पाँच नामक सिरियल यति हिट थियो कि यसको चर्चा देखेर अभिनेत्री विद्या बालनले समेत काम गरीन् । यो सिरियल सफल भएपछि यसको दोश्रो सिजन पनि निर्माण गरियो तर यो पहिलो झै सफल हुन सकेन ।

५. कहीँ तो होगा
आमना शरीफ र राजीव खण्डेलवाल अभिनित कहीँ तो होगा नामक सिरियल युवापुस्ता माझ निकै लोकप्रिय थियो । यस सिरियल मार्फत आमना र राजीव चर्चित बने । दुबैको फ्यान फलोइंग यति धेरै छ कि यिनिहरुले गरेका काम समेत आजकल समाचार बन्ने गरेको छ ।

६. कसम से
प्राची देसाई र राम कपूर अभिनीत कसम से सिरियल समेत निकै सफल रहेको थियो । यसमा कम उमेरकी युवती र बढि उमेरका पुरुष बिचको प्रेम देखाइएको थियो । या सिरियलको रिपिट शो समेत दर्शकले अत्यधिक चाहवका साथ हेर्ने गर्दछन् ।

७. कसौटी जीन्दगी की
एकता कपुरको सबैभन्दा सफल सिरियलमा एक नम्बरमा आउने कसौटी जीन्दगी कीको यति हदसम्म हिट थियो कि यसका एक पात्रको दुर्घटना हुदाँ यसका महिला दर्शकले खाना समेत खाएका थिएनन् भने केहि बिरामी नै भएका थिए । श्वेता तिवारी, सिजेन खानबिचको प्रेम कहानीमा आधारीत यो सिरियल नेपालमा समेत निकै हेरिने गरिन्थ्यो ।

८. नागिन
एकता कपूरले यस सिरियलको सीरीज नै लञ्च गरिसकेकी छिन् । सुपरन्याचुरल शोमा आधारीत यस सिरियल पहिलो पटक टेलिभिजनमा सबैभन्दा बढि सिरिज बनेको सिरियल हो । यसको अहिलेसम्म ५ सिरिज बनिसकेको छ ।

९. ये है मोहब्बते
दिव्यान्का त्रिपाठी र करण पटेलको अभिनय रहेको ये है मोहब्बते सिरियल पनि एकता कपूरको हिट सिरियल मध्ये एक हो । यि दुबैको जोडीलाई दर्शकले निकै रुचाएका थिए ।

१०. पवित्र रिश्ता
हालैमा आत्महत्या गरेका बलिउड स्टार सुशान्त सिंह राजपूत र अंकिता लोखण्डेको अभिनय रहेको पवित्र रिश्ता आजपनि निकै हिट रहेको छ । जबकी यो सिरियल बन्द भएको बर्षौ भइसक्यो । यसमा अर्चना र मानव नामक पात्रको प्रेम विवाहित जोडीबिच आर्दश थियो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ९ : ४७ बजे

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा

सेतो मच्छिन्द्रनाथलाई लगनटोलबाट जनवहाल लगियो (फोटोफिचर)

काठमाडौं । सेतो मच्छिन्द्रनाथलाई शनिबार रथबाट निकालेर लगनटोलबाट जनवहाल लगिएको

दक्षिण कोरियाली चिकित्सकद्वारा सरकारको प्रस्ताव अस्वीकार

सियोल – दक्षिण कोरियाको अग्रणी चिकित्सक सङ्गठनले शनिबार सरकारको संशोधित

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि