मोरङको ग्रामथानमा आगलागी, एक जना जलेर घाइते | Khabarhub Khabarhub

मोरङको ग्रामथानमा आगलागी, एक जना जलेर घाइते


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ – मोरङ्गको ग्रामथानमा आगलागी हुँदा एक जना जलेर घाइते भएका छन् ।

ग्रामथान गाउँपालिका ५ का तीर्थराज रिजालको घरमा विद्युत सर्ट भएर लागेको आगो निभाउने क्रममा रिजाल जलेर घाइते भएका हुन् । उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रिजालको भान्सा कोठामा राति साढे ९ बजेतिर लागेको आगो समयै नियन्त्रणमा लिन नसक्दा खाद्दन, लत्ता कपडा लगायत जलेको प्रहरीले जनाएको छ ।

आगो प्रहरी, स्थानीयवासी र विराटनगर तथा सुन्दरहरैंचाको बारुण यन्त्रले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : २२ बजे

ट्राफिक प्रहरीको लापसे चेकिङमा पाँच जना पक्राउ

काठमाडौं– काठमाडौंको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका

नि:शुल्क स्वास्थ्य शिविरमा गाउँका दर्जनौँ महिला लाभान्वित 

दोलखा– दोलखाको वैतेश्वर गाउँपालिका-८ क्षेत्रपा स्वास्थ्य चौकीमा वडाले आयोजना गरेको

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट