भिसा म्याद थप गर्न विदेशी पर्यटकको आग्रह | Khabarhub Khabarhub

भिसा म्याद थप गर्न विदेशी पर्यटकको आग्रह


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न देशबाट नेपाल घुम्न आएका विदेशी पर्यटकले बन्दाबन्दीका कारण घुम्न नपाएकाले तत्काल स्वदेश फर्कदा कोरोनाको उच्च जोखिम रहेको भन्दै भिसा म्याद थप गरिदिन नेपाल सरकारसँग माग गरेका छन् ।

बन्दाबन्दी अघि विभिन्न देशबाट नेपाल घुम्न आएका पर्यटकले आज पोखरामा पत्रकार सम्मेलन गरी कोभिड–१९, का कारण जारी बन्दाबन्दीले पोखरा र आसपासका क्षेत्र घुम्न नपाएको साथै तत्काल स्वदेश फर्कदा कोराना सङ्क्रमणको जोखिमसमेत रहेको भन्दै भिसा म्याद थपको माग गरेका हुन् ।

नेपाल सरकारले आगामी भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला हुने र म्याद सकिएर बसेका पर्यटकलाई १५ दिनपछि स्वदेश फर्कन आग्रह गरेसँगै उनीहरुले म्याद थपको माग गरेका हुन् ।

अमेरिकी नागरिक रोक्सी गुलियानोले नेपालमा रहन चाहेको कारण उल्लेख गर्दै भने, “नेपालमै बढी सुरक्षित महसुस गरेका छौँ, विमानस्थल र ट्रान्जिट अझै खतरामुक्त भएको छैन, आफन्त र परिवारले पनि नेपालमै सुरक्षित रहन आग्रह गरेका छन्, हामीले चाहे जसरी नेपाल घुम्न पाएका छैनौँ, त्यसैले केही समय थपको माग गरेका हौँ ।”

बेलायतका नागरिक लिन्डाले बन्दाबन्दी अघि नेपाल आएको र अहिले स्वदेश फर्कदा कोरोना महामारी रहेकाले नेपालमै बस्न चाहेको बताए ।

अर्का नागरिक क्लिभ ग्रिल्सले नेपाल घुम्ने चाहना हुँदाहुँदै पनि बन्दाबन्दीले घुम्न नपाएकाले अक्टुबर नोभेम्बरको समयमा पदयात्रा गर्ने चाहना राखेको बताए ।

अमेरिकी नागरिक यमीले दोस्रो चोटी नेपाल घुम्न आएको अनुभव सुनाउँदै कोभिड–१९ प्रभाव आफ्नो देश अमेरिका उच्च रहेकाले धेरै सुरक्षित भएकाले तत्काल स्वदेश फर्कन नचाहेको बताए । उरुग्वेका मार्टिनले तत्काल घर फर्कन खर्चिलो र जोखिम भएकाले केही समय नेपालमा रहन चाहेको बताए ।

अष्ट्रेलियाका नागरिक फ्रान्सिसका अनुसार नेपालभरी करिब एक हजार ५०० पर्यटक रहेका र उनीहरु तत्काल स्वदेश फर्कन नचाहेको बताए ।

उनले पोखरामा मात्र करिब ३०० देखि ४०० पर्यटक रहेका र अधिकांशले भिसा म्याद थप गरेर नेपालमै सुरक्षित रहन चाहेको बताए । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले नेपाल सरकारले आगामी भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान शुरु गर्ने र म्याद थप गरेर बसेका पर्यटकलाई स्वदेश फर्कन आग्रह गरेपछि पोखरामा रहेका पर्यटकले थप समयको माग गरेको बताए ।

उनले भने, “अधिकांश पर्यटक फिरन्ते छन्, कति आफ्नो देश भन्दा यहाँ सुरक्षित महसुस गरेका छन्, कति पर्यटकका आफन्तले नेपालमै बस्न सुझाव दिएका छन्, केही पर्यटक पदयात्रामा पनि जान चाहेका छन्, उनीहरुले संघसँग पनि आग्रह गरेका थिए तर यो नेपाल सरकारको कुरा भएकाले हामीले यस विषयमा केही भन्न सक्दैनौ भन्यौ ।”

उनले भाद्र १ गतेदेखि अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन हुने भएकाले पर्यटन क्षेत्रमा पनि पर्यटकको खाँचो रहने भएकाले नेपालमा रहेका पर्यटकको भिसा म्याद थप गरेर नेपालमै रोक्न सके पर्यटन क्षेत्रका गतिविधि चलायमान हुन सक्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : १९ बजे

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर

सुपरहिटको ट्याग पाउँदै ‘महाजात्रा’ दोस्रो हप्तामा प्रवेश

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन रहेको ‘महाजात्रा’ सुपरहिटको ट्याग पाउँदै दोस्रो

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

काठमाडौं– दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा