भारतले किनेका अत्याधुनिक राफेल लडाकू विमान भारतका लागि उडे | Khabarhub Khabarhub

भारतले किनेका अत्याधुनिक राफेल लडाकू विमान भारतका लागि उडे


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस – भारतले खरिद गर्न लागेका फ्रान्सेली अत्याधुनिक राफेल लडाकू विमानको एक खेप भारतका लागि प्रस्थान गरेका छन् । पहिलो चरणमा पाँच वटा लडाकू विमान बुधबार भारतीय वायुसेनामा समाहित गर्ने कार्यक्रम छ ।

ती लडाकू विमानहरु फ्रान्सको मेरिगन्याक हवाई अड्डाबाट उडेका थिए । ती विमान भारततर्फ प्रस्थान गर्नुअघि फ्रान्सस्थित भारतीय राजदूतावासले गरेको ट्वीटमा भारतीय वायुसेवाको क्षमता विकासमा राफेल विमानको सहभागिताले महत्त्वपूर्ण योगदान गर्ने बताइएको छ ।

फ्रान्सेली विमानमा सात जना भारतीय पाइलटको समूह समेत सहभागी छ । उनीहरुलाई फ्रान्सस्थित डासल्ट एभिएसन कम्पनीमा तालिम समेत दिइएको थियो ।

भारतले सन् २०१६ मा गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा खरिदमा राफेल लडाकू विमान समावेश थियो । निकै विवादबीच भारतको मोदी सरकारले ६० हजार करोड भारतीय रुपैयाँमा फ्रान्सबाट ३६ वटा लडाकू विमान खरिद गरेको हो ।

नयाँ लडाकू विमान जुलाई २९ का दिन भारतको अम्बाला आइपुग्ने छन् ।

लामो दूरीका मिटिओर हवाई क्षेप्यास्त्र र स्काल्प जडित यी विमानले पाकिस्तान र चीनका विभिन्न स्थानमा अचुक निशाना लगाउन सक्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  २ : ४२ बजे

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा