सुशान्त सिंह राजपूत केश: निर्माता महेश भट्टसँग बयान लिँदै प्रहरी | Khabarhub Khabarhub

सुशान्त सिंह राजपूत केश: निर्माता महेश भट्टसँग बयान लिँदै प्रहरी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको एक महिनाभन्दा बढी भइसकेको छ । प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरिरहेको छ ।

मुम्बई प्रहरीले यो केशमा ३७ जनासँग सोधपुछ गरिसकेको छ । यसैबीच प्रहरीले निर्माता महेश भट्टसँग पनि सोधपुछ गरेको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तको आत्महत्याको विषयमा सोधपुछ गर्नका लागि प्रहरीले महेशलाई बोलाएको हो । यसअघि सञ्जय लीला भन्साली, आदित्य चोपडा लगायतलाई पनि प्रहरीले बोलाएर सोधपुछ गरिसकेको छ ।

प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र धर्मा प्रोडक्सनलाई पनि पत्र पठाएको छ ।

सुशान्त सिंह राजपूतले गत जुन १४ मा आफ्नै आवासमा झुण्डिएर आत्महत्या गरेका थिए । ३४ वर्षीय सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ ।

बलिउडमा नेपोटिज्मका कारण बाहिरबाट आउने कलाकारले मौका नपाउने बहस भइरहेको छ ।

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ हालै डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो । उक्त फिल्मलाई दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : १७ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्