विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान | Khabarhub Khabarhub

विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।

ती क्षेत्रमा भारी वर्षापछि स-साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।

आजदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको तथा तथा अरब‍ सागरबाटसमेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिएकाले ३/४ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै प्रदेश नम्बर १ र २ का थोरै स्थानमा पनि भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चार दिन देशका विभिन्न नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ४४ बजे

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा