शनिबार एकैदिन थपिए ५५४ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित) | Khabarhub Khabarhub

शनिबार एकैदिन थपिए ५५४ संक्रमित, कुन जिल्लामा कति ? (विवरणसहित)

नेपालका ७७ जिल्लामै फैलियो कोरोना भाइरसको संक्रमण


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म १२ हजार ३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या १२ हजार ३०९ पुगेको जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाभइ अपडेट मार्फत नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् ।

नयाँ थपिएका संक्रमितहरु जना १२० महिला र जना ४३४ पुरुष रहेका छन् । हालसम्म १ हजार ३६९ महिला र १० हजार ९४० पुरुष गरी १२ हजार ३०९ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

आज रसुवामा एकजना महिला र ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७ प्रदेशका ७७ वटै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा उदयपुरका ३ जना महिला र ४ जना पुरुष, इलामका ५ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३ पुरुष, महोत्तरीका एक महिला र २९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका एक महिला र एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा अछामका एकजना महिला र १२ पुरुष, अर्घाखाँचीका १६ जना पुरुष, वैतडीका ६ जना महिला र १८ जना पुरुष, बझाङका ४ जना पुरुष, बाजुराका एकजना महिला र ३ जना पुरुष, बाराका एकजना महिला र ७ जना पुरुष, डडेल्धुराका २ जना महिला र ६ जना पुरुष, धादिङका ३ जना पुरुष, डोटीका १५ जना महिला र ३१ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

यसैगरी गुल्मीका २ जना महिला र ५ जना पुरुष, जाजरकोटका एकजना पुरुष, कैलालीका २ जना महिला र ६ जना पुरुष, कंचनपुरका ३ जना पुरुष, कपिलवस्तुका एकजना पुरुष, पर्साका एकजना पुरुष, रसुवाका एक महिला र ८ जना पुरुष, रौतहटका ३ महिला र ३१ जना पुरुष, सल्यानका १३ पुरुष, सर्लाहीका ६ जना पुरुष र स्याङ्जाका ५ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा चितवनका २ जना पुरुष, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा नुवाकोटका ६ जना पुरुष, मकवानपुरका २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाराका एक महिला र ३ पुरुष, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा पाँचथरका एक महिला, काठमाडौंका एक महिला र ३ पुरुष, भक्तपुरका एक पुरुष, वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा बझाङका एक महिला र ३ पुरुष, डोटीका २ पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीषणमा बाजुराका ३१ महिला र ५० जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नवलपरासी पुर्वका एकजना महिला र एकजना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा बाग्लुङका ८ जना पुरुष, स्याङ्जाका ६ जना महिला र १५ जना पुरुष संक्रमित भएका छन् । डा गौतमका अनु्सार प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका एकजना महिला र एकजना पुरुष, पाल्पाका २ महिला र २४ पुरुष, प्युठानका ३ जना महिला र ४६ जना पुरुष, रुपन्देहीका ३ महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपगंजको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ जना पुरुष, बर्दियाका एकजना महिला र ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा दाङका ३ जना महिला र २८ जना पुरुष, कपिलवस्तुका २ जना महिला र ५ जना पुरुष र रोल्पाकाएकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सुर्खेतका एकजना महिला र ६ जना पुरुष, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बैतडीका एकजना महिला र एकजना पुरुष, डोटीका २५ जना महिला, कैलालीका ५ महिला र एकजना पुरुष र कंचानपुरका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३६ डिस्चार्ज

डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८३४ पुगेको छ । जसमध्ये महिला १८ र पुरुष ११८ रहेका छन् ।

नेपालमा हालसम्म ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

ज्यान गुमाउनेको संख्या २८ पुग्यो

नेपालमा शनिबार थप १ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयलका प्रवक्ता जागेश्वर गौतमका अनुसार कैलाली गोदावरी-७ का ५० वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको जनाएको छ । उनको कोरोना परीक्षणको रिपोर्ट पोेजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । यो सँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।

यसअघि नेपालमा कोरोनाका कारण सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष, गुल्मी धुर्कोट-४ जैसीथोकका एक २६ वर्षीय पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला, कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

त्यस्तै कैलालीकै लम्कीचुहाकी ४३ वर्षकी महिला, ६९ वर्षका गुल्मी छत्रकोटका एक जना पुरुष, दैलेख–३ दुल्लुका एक जना ४५ वर्षीय पुरुष, स्याङ्जाका ५५ वर्षीय पुरुष, ललिपुरको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएक एक पुरुष र दाङमा अचेत अवस्थामा भेटिएर मृत्यु भएकी महिला गरी २७ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : ४५ बजे

नेपाल सेमिफाइनलबाट बाहिरियो, एशिया कपमा छनौट हुन असफल

काठमाडौँ– नेपाल एशिया कपमा छनौट हुन असफल भएको छ ।

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेश सभा बहिष्कार गर्ने

पोखरा– नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय

दयाहाङको सफलतामा लुकेको रहस्य

काठमाडौं– अहिलेका सर्वाधिक व्यस्त नायक हुन् दयाहाङ राई । विसं

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको