जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग | Khabarhub Khabarhub

जनमत पार्टीका ७ केन्द्रीय सदस्यद्वारा पार्टी परित्याग


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

परासी- सिके राउत नेतृत्वको जनमत पार्टीका ७ जना केन्द्रीय सदस्यले पार्टी  छाडेका छन् ।

शनिबार पश्चिम नवलपरासीको परासीमा पत्रकार सम्मेलन गर्दै उनीहरुले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

पार्टी परित्याग गर्नेमा केन्द्रीय सदस्यहरु कैलाश महतो नवलपरासी, सतिला यादव सिरहा, दिनेश प्रसद यादव बारा, संजयकुमार साह पर्सा, धुव्र प्रसाद कहांर नवलपरासी, राजमती पासवान नवलपरासी रहेका छन् ।

सिके राउतले मधेशको एजेण्डा छाडेको र तानासाही तवरले पार्टी सञ्‍चालन गर्न खोजेकाले पार्टीमा बस्‍नुको औचित्य नभएको उनीहरुले बताएका छन् ।

केन्द्रीय सदस्य समेत रहेका कैलाश महतो भने, ‘जनमत पार्टी स्थापना गरेपछि राउतले एकलौटी ढंगले पार्टी हाक्न खोजेको र नातावादमा अल्झिएर तराई मधेशको एजेण्डालाई छोडेपछि हामीले पार्टी परित्याग गरेका हौ ।’

उनी यस अघि राउतले सञ्‍चालन गरेको स्वतन्त्र मधेश संगठनको केन्द्रीय उपाध्यक्ष थिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ४ : १३ बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।