राखेपका पूर्व सदस्यसचिव सिंहको निधन | Khabarhub Khabarhub

राखेपका पूर्व सदस्यसचिव सिंहको निधन


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ।

सिंहको शुक्रबार राति छाउनीस्थित निवासमा निधन भएको उनका नाती सुशील मल्लले जानकारी दिए ।

सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्यसचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्यसचिवको जिम्मेवारीमा थिए।

स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहकी श्रीमती, दुई छोरा र छोरी छन्।

राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेद्ना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  २ : २१ बजे

सुनसरीको भोक्राहामा आगलागीबाट लाखौँको क्षति

सुनसरी – सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्जस्थित शिशौ टोलमा आज

आगलागी पिडितलाई राहत वितरण

तम्घास । गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गका आगलागी पिडितहरुलाई राहत

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत

सूर्य नेपाल ओपन : पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता,