टालटुलेको कथा « Khabarhub
Logo
२४ असार २०७७, बुधबार

टालटुलेको कथा



उहिलेका कुरा खुइलिए । कथा भन्दैमा कहाँ कथा हुन्छ र आजकाल ! कथामा राजारानी चाहिन्छ, त्यो फ्याँकिहालियो । अब कथा बनाउनै मुस्किल छ । धन्दा नमान्नुहोस्, लेखाडी छउन्जेल कथाको कमी हुनेछैन, यो सरकारको ग्यारेन्टी हो ।

कथा सुरु गर्नुभन्दा पहिले केही शब्दको प्रयोग र तत्सम्बन्धी अवधारणा बुझ्नुपर्ने हुन्छ । जसरी हामी घरमुली अथवा गार्जेनको नाम नकाढेर पदले अथवा साइनोले सम्बोधन गर्छौं, जस्तो : बुबा, आमा, हजुरबा इत्यादि, त्यसरी नै अब उपरान्त देशको प्रधानमन्त्रीको नाम ठाडै काढ्न नपाउने व्यवस्था लेखाडीका सिफारिसमा सरकारले भर्खर तात्तातै मिलाएको छ । गोर्खापत्रमा समाचार आएको रहेनछ भने यसैलाई आधार मान्नू ।

प्रधानमन्त्रीमात्रै भन्दा पनि सोझै लक्षित हुने हुँदा अब उपरान्त ‘सरकार’ भनेर प्रधानमन्त्रीलाई सम्बोधन गर्न यसै लेखद्वारा सबैलाई जानकारी गराइन्छ ।

नेपालीमा छ्याङ्गभन्दा पनि धेर बुझ्ने चलन छ । तपाईंलाई अहिल्यै चित्त बुझ्न छाडिसक्यो ! त्यसो नबुझ्नुहोस् । सरकारमा मन्त्री, कर्मचारी इत्यादि नमिसाउनुहोस् । मिसाउने काम व्यापारीलाई र अर्थमन्त्रीलाई संयुक्त हिसाबले एकलौटी जिम्मा दिनुहोस् ।

सरकार भन्नाले अरू थोक केही मिसावट नगरी शुद्ध गाईको घ्यूजस्तो सोझै प्रधानमन्त्रीमात्रै बुझ्नुहोस् । मन्त्रीलाई मन्त्री र कर्मचारीलाई ब्रह्मचारी बुझ्नु होला । त्यसरी कुरा बुझ्दा कथाको चुरो बुझ्न सजिलो हुन्छ ।

वैज्ञानिकहरूमध्ये सबैभन्दा सिपालु थोमस अल्भा एडिसन, प्रधानमन्त्रीमध्ये सबैभन्दा सिपालु सरकार र लेखाडीमध्ये सबैभन्दा सिपालु म आफैँ श्री शंकरप्रसाद लुइँटेल भनेर यी तीन कुरा फेदैमा प्रष्ट हुनुहोला ।

हिसाब, निसाफ र पिसाब तीन चिज क्लियर राखेको राम्रो । हिसाब राख्ने लेखापाल छ भनेर ढुक्क हुनुभयो भने तपाईंका रुपिञामा उपिञा लागेनछन् भने मलाई भन्नू । निञानिसाफ लिन गोर्खा जाऊँला भन्ने ठानेको छ भने त्यस्ता कुरा घाममा सुकाउनू । गोर्खामा बाबुराम छन्, निसाफ छैन । अनि पिसाब त तपाईं आफैँ बुझी हाल्नुहुन्छ !

अँ ! कुरा कथाको पो कुरो थियो त ।

एकादेशमा एकजना असाध्यै गफाडी राजा थिए रे । राजा त नेपालमै थिए नि किन यो एकादेश चाहियो होला भन्नुहोला । नेपालमा भएका राजाको गफ नेपालमै गर्न नपाइने र गफै गर्नु पर्दा पञ्चायतको मात्रै गर्न मिल्ने हुनाले नेपालका राजाको कथा लेख्न नमिलेको हो । कथा पनि लेख्न नमिल्ने नेपालको राजतन्त्रको के कुरो गर्नु ! यसलाई अहिले यति नै बुझौँ ।

ती गफाडी राजाको गफ साह्रै गफिलो हुन्थ्यो । छेउछाउ बस्ने र गफ सुन्ने मान्छेलाई राजाको गफ सुन्दासुन्दा पत्याउनै गाह्रो हुन थालेछ । कसरी पत्याउनु, उडिबतास छन् । नपत्याऊँ भने राजाले गरेको गफ । हैरान नै भएछ । हुँदाहुँदा राजाको गफ सुन्ने भारदारले बीचैमा कुरो काटेर ‘महाराज यो त होइन होला’ समेत भन्न थालेछन् ।

यसो हुन थालेपछि राजालाई गफ गर्न अलिक असहज हुन थालेछ । राजाले राजपत्रमा निशानछाप र मोहोर लगाउन छाडिदिएछन् । राजाले जे गर्दा पनि हुने ।

राजाका यस्ता हर्कतले देशको कामकाज नै ठप्प हुँदै गएपछि सबै मन्त्रीहरू भेला भएर एउटा टालटुले नियुक्ति गर्ने निर्णय गरेछन् । टालटुलेको जिम्मेवारी राजाले बिगारेका गफलाई मिलाएर सभामा सबैलाई सहमत) गर्नुपर्ने तोकियो ।

खोज्दै लैजाँदा एकजना मकैज्योतिषी फेला परेछन् । खोजेजस्तै, ठ्याक्कै ! जस्तै गफलाई पनि मिलाएर सबैलाई हो भनाउन सक्ने सिपालु टालटुले ।

राजा कथा भन्दै गए, ‘अगाडि सिंह, पछाडि बाघ, बीचमा म ! घोडाबाट स्याट्ट ओर्लिएर ट्याक्क भुँइको आड लगाएर सिंहतिर फर्काएर ठ्याङ्ग बन्दुक हानेको दुनुमुनु एकै चोट भनेजस्तै एउटै गोलीले सिंहलाई लागेर, मेरा पछाडिको बाघलाई छेडेर पनि सालको रूखमा गएर लाग्दा सिंह र बाघ त मरे मरे, सालको रूख पनि गर्लम्मै ! झण्डै रूखले मलाई किचेको ! रूखले त किचेन तर एउटा हाँगाले ह्याँ नली खुट्टामा तछार्‍यो ।’

मकै ज्योतिषीलाई राजाको टालटुले नियुक्त गरेर फेरि राजालाई कामकाजमा फर्काएछन् र भनेछन्, ‘महाराज अब हजुरले निस्फिक्री गफ हाँकी बक्सेला, परेको टालटुलेले मिलाउँछ ।’

राजा दंग ! राजाका गफ र टालटुलेको रफ्फू राम्रैसँग चल्दै थियो । एक दिन सभामा राजाले बेजोड गफ गरे, ‘हेर ! म मेरो बाइपङ्खी घोडा चढेर ए के ४७ बोकेर जङ्गलतिर सिकार खेल्न एक हजार पल्टनका साथमा एक्लै जाँदो भएँ । एक हजार पल्टन छ तर म एक्लै । तैपनि नडराई सिकार खेल्न अघि बढेँ ।

राजा पो त के को डर ! म एस्सो अगाडि मात्रै के बढेको थिएँ, एउटा अजङ्गको सिंह पो छ त गाँठे ! हाछ्यूँ खाइयो, बछ्यूँ खाइयो झुसे सिंह भनेर एस्सो बन्दुकको नाल तेर्स्याएको त पछाडि फेरि अर्को अठार हाते बाघ पो डुक्रिँदै छ त ! अब भो कि !’

राजा कथा भन्दै गए, ‘अगाडि सिंह, पछाडि बाघ, बीचमा म ! घोडाबाट स्याट्ट ओर्लिएर ट्याक्क भुँइको आड लगाएर सिंहतिर फर्काएर ठ्याङ्ग बन्दुक हानेको दुनुमुनु एकै चोट भनेजस्तै एउटै गोलीले सिंहलाई लागेर, मेरा पछाडिको बाघलाई छेडेर पनि सालको रूखमा गएर लाग्दा सिंह र बाघ त मरे मरे, सालको रूख पनि गर्लम्मै ! झण्डै रूखले मलाई किचेको ! रूखले त किचेन तर एउटा हाँगाले ह्याँ नली खुट्टामा तछार्‍यो ।’

यति भनेर राजाले सुरुवाल माथि सारेछन् र पाइखाना जाँदा चिप्लेर लडेको घाउको खाटो देखाएछन् ।

सबै भारदारले एकै स्वरमा भनेछन्, ‘महाराज यो त अति नै भयो !’

राजाले रन्किँदै टालटुलेलाई हपारेछन्, ‘ओए टालटुले ! अहिलेसम्म के सुनेर बसिराख्या छस्, तुरुन्त कुरो मिला !’

टालटुले अचम्ममा परेछ । के भन्नु के नभन्नु ! मिलाएर मिल्ने कुरै छैन । अनि टालटुलेले भनेछ, ‘महाराज ! टालटुलेले त सानोतिनो एसो मेसो नमिलेको मात्रै पो मिलाउने हो, यो त भ्वाङ नै पर्‍यो महाराज ! भ्वाङ टाल्न त लेखाडी नै चाहिन्छ, मेरा वशको कुरो होइन !’

राजाको कुरो मिलाउन जान्ने लेखाडी खोज्दै अस्तिका दिन दिउँसोखेर बाहुनजस्ता देखिने तीन जना, बेसारको चन्दन लगाएका पाहुना मेरामा आइपुगेछन् ।

‘मान्छे पहिल्याएरै आएछौ, म आफैँ दरबार जान त कोरोना भाइरस चलेकाले पनि मिलेन, म लेखिदिन्छु, तिमीहरूले आफैँ पढेर सुनाउनू’ भनेर यसरी लेखेर पठाइदिएँ :

हेर भारदारहरू हो ! पहिलो कुरो त तिमीहरूले राजासँग मुखमुखै लाग्ने होइन । बेसारको चन्दन लगाएरमात्रै सभामा आउनू । यसपालिलाई माफ । रह्यो कुरो सिकारको । हाम्रा महाराज तीन लोक, तीन काल र तीनै अवस्थामा आफ्नो सौर्य प्रदर्शन गर्नसक्ने त्यस्ता प्रतापी होइबक्सन्छ । तीन लोकमा यस्तो कोही छैन जसले हाम्रा राजाको प्रताप नसुनेको होस् ।

तीन कालको कुरो त तिमीहरूले नै देखेका छौ । अब तीन अवस्थाको कुरो, त्यो म कहन्छु । महाराज बिपनामा मात्रै राजा भएर पुग्दैन, स्वप्न र सुसुप्तिमा पनि राजा हुनुपर्छ । त्यो कुरो तिमीहरूजस्ता हरिलट्ठकले जान्ने कुरै होइन । यसरी जाग्रत, स्वप्न र सुसुप्ति तीनै अवस्थामा महाराजले आफ्नो वीरता, सौर्य, कुशलता र दक्षता प्रदर्शन गरिबक्सन्छ ।

को गरिब, को धनी, कसले खायो, कसले खाएन, को क्वारेन्टिनमा बस्यो, को बसेन, त्यसको जिम्मा त गाउँले लिएकै छन् नि ! सरकारले त्यसमा टाउको दुखाउनै पर्दैन । यो सरकारले जान्नुपर्ने कुरो पनि होइन । सरकारले त वैज्ञानिकले भन्दा बढ्ता, डाक्टरले भन्दा धेरै, अनुसन्धाताले भन्दा अलिक पहिले, सुराकीले भन्दा तीन घण्टाअगाडि सबै खबर दुरुस्त पत्ता लगाउनुपर्छ ।

सबै ठाउँमा वीरता प्रदर्शन गर्ने हुनाले अहिले तिमीहरूलाई सुनाउँदा कहिले जाग्रतको त कहिले स्वप्नको कुरो पर्छ । दिमाग एउटा तर अवस्था तीनवटा भएका हुनाले कुन सिकार कुन अवस्थामा सम्पन्न गरेको हो भन्ने कुरो ठ्याकठ्याकी सम्झना नआउने हुनाले तिमीहरू झुक्किने नै भयौ ।

अब उपरान्त टालटुलेले कुरो मिलाएन अथवा मिलाउन सकेन भने मलाई दुःख नदिनू । यसरी कुरो मिलाएर बुझ्नू । सपनामा वीरता सम्पन्न गर्न धन्न हाम्रो महाराज भएर एउटा गोलीसम्म खर्च गरिबक्स्यो, म भएको भए त त्यति पनि खर्च नगरी ‘फू’ मात्र गरेर सखाप पारी दिन्थेँ ।

महाराज अत्यन्तै दयालु र कृपालु भएका हुनाले मात्रै गोली खर्च भएको हो । अर्को पटकदेखि महाराजले गोली नभएर बोलीले मात्रै ढुकुर, कुकुर, दुनुमुनु एकै चोट मार्नु भयो भने त्यसलाई स्वप्नवत सौर्य सम्झिनू ।

यति भए त भ्वाङमात्रै नभएर सुरुङ नै भए पनि टालिन्छ होला भनेर पठाइदिएको छु । पुगेन भने तपाईंले पनि अलिकति थपिदिनुहोला !

खास कुरो यस्तो हो ।

सरकारले सरकारी काम मात्रै गरेर हुँदैन । कुन कीराको कति तौल हुन्छ, पुतलीले पौडेर सगरमाथा तर्न सक्छ कि सक्दैन ! रुप्पीका भुत्ला उखेलेर भँगेरामा टाँस्दा त्यसलाई रुप्पी भन्ने कि भँगेरो ! कपाल खौरिँदैमा शोक बोकेको मान्छे हुने कि नहुने ! सात वर्षमा सात ताल किरिया ख्वाएपछि नागरभित्ते कान्लो नाघ्न पाउने कि नपाउने !

यी सबै कुराको प्रष्ट जानकारी सरकारलाई हुनुपर्छ । मेथी र बेसार पनि नचिन्ने सरकारको काम छैन । कोरोना भाइरसको बेसार अलिक फरक खालको हो ।

जसरी गोपी चन्दनको माटो र कमेरे माटो फरक माटो हो, त्यसरी नै सरकारी कोरानो बेसार र तिउनतरकारीको बेसार फरक फरक हुन् । यसमा कोही नझुक्किऊन् र चित्त बुझेको छैन भने सोझै लेखाडीलाई सम्पर्क गरून् ।

को गरिब, को धनी, कसले खायो, कसले खाएन, को क्वारेन्टिनमा बस्यो, को बसेन, त्यसको जिम्मा त गाउँले लिएकै छन् नि ! सरकारले त्यसमा टाउको दुखाउनै पर्दैन । यो सरकारले जान्नुपर्ने कुरो पनि होइन । सरकारले त वैज्ञानिकले भन्दा बढ्ता, डाक्टरले भन्दा धेरै, अनुसन्धाताले भन्दा अलिक पहिले, सुराकीले भन्दा तीन घण्टाअगाडि सबै खबर दुरुस्त पत्ता लगाउनुपर्छ ।

अब बल्ल कोरोना बेसार तयार भयो । यो बेसारले मन्त्र नपढी खाँदा अथवा लगाउँदा कोरोना निको पार्दैन । मन्त्र पढेर यो बेसार विधिविधान्तरले लगाउँदा अथवा खाँदा कोरोना र कोरोनाका काकाभतिज सबै सखाप भएर जान्छन् ।

बेसारै थाहा नपाएका ज्वाँने वैज्ञानिकले सरकारले भन्दा पहिले फ्याट्टै कोरोनाको औषधि पत्ता लगाए भने सरकारको इज्जत खोई ? कोरोना भाइरसको औषधि सरकारको बेसार तयार पार्ने विधि यस्तो हो, ध्यान दिएर पढ्नुहोस् :

बेसार खाँदा बेसारका पानामा घाऊ लगाउनु हुँदैन, फलामको कुटोकोदालो प्रयोग गर्नु हुँदैन । बाँसको घारो, अखने अथवा भाटाको टुप्पो र हातका औँला सराबरी प्रयोग गरेर बेसारका पाना निकाल्नु पर्छ । अब सात वर्ष पकाएको आयातीत बुहारी माटाको भाँडामा सबैभन्दा तल कागभलायाको पात र धँयेराको फूल ओछ्याउनुपर्छ ।

त्यसमाथि धुसुरेको पातले सर्लकसर्लक पारेर बेसारका पाना पुछ्दै भाँडामा राख्दै गर्नुपर्छ । अनि माथिबाट त्यसलाई चरीअमिलो र पानीअमलाका पातले छोप्नुपर्छ । अब त्यो भाँडालाई न घाममा, न छाँयामा, न तापमा, न शितलमा, न दिनमा, न रातमा, न साँझमा, न गोधुलीमा त्यस्तो मौका छोपेर अख्य्राएपछि बिस्तारै निकाल्नु पर्छ ।

अब बल्ल कोरोना बेसार तयार भयो । यो बेसारले मन्त्र नपढी खाँदा अथवा लगाउँदा कोरोना निको पार्दैन । मन्त्र पढेर यो बेसार विधिविधान्तरले लगाउँदा अथवा खाँदा कोरोना र कोरोनाका काकाभतिज सबै सखाप भएर जान्छन् ।

मन्त्र :
नाकको हाच्छ्यूँ, कानको बच्छ्यूँ
काइते कोराना दुलीद्वाई दुलीद्वाई !

मन्त्र पढ्नासाथ आफैँतिर फर्किएर तीन चोटी हाच्छ्यूँ गरेर बेसार सेवन अथवा चन्दनका रूपले धारण गरे अथवा बुटी बनाएर लगाए, जसो गरे पनि कोरोनाले छुँदैन ! यो कुरामा शंका नगर्नू, यो सरकारको ग्यारेन्टी हो ।

मैले अहिले भर्खरै सरकारलाई निवेदन दिएको छु । निम्न कुरामा ध्यान दिनुहोला :

– सार्वजनिक स्थलमा बेसारको कुरो गरे त्यसलाई सरकारविरोधी गतिविधि मानिनेछ र कारबाही हुनेछ ।
– हाच्छ्यूँ गर्दा अथवा तातो पानी खाँदा सरकारको स्मरण गर्ने मान्छेमात्रै राष्ट्रवादी ठहर्ने छ ।
– जथाभावी बेसारको कुरो गर्ने अथवा अनावश्यक हिसाबले प्रधानमन्त्रीको नाम काढ्ने मान्छे भेडाको खोल ओढेका ब्वाँसा हुन् । यस्ता अतलाई तपाईंले देख्नुभयो भने नजिकैको प्रहरी चौकीमा तुरुन्तै उजुर गर्नू ।

ऊ जमानाका राजाको कुरो त मिलाएर पठाएँ भने अहिले आफ्नै सरकारको कुरो पनि नमिलाऊँला त !

कथा सकियो ।

यो कथा सुन्नेलाई सुनको सिक्री, लेख्नेलाई के को फिक्री, यो कथा बालुवाटारवरिपरि डुक्री ।
(अष्ट्रेलियाबाट)


भर्खर

0