मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी | Khabarhub Khabarhub

मकैंका फाइदै फाइदा, छालादेखि आखाँसम्मलाई उपयोगी


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

असारको दोश्रो साता मकै बाली भित्र्याउने बेला हो । यो सिजनमा पाकेका मकैलाई ढोड सहित वा घोगाँ भाचेर भित्र्याउने गरिन्छ ।

नेपालमा मकै धान र गहुँपछिको तेश्रो अन्नबाली हो । मकैमा शरीरको पोषणका लागि आवश्यक सबै प्रकारको भिटामिन पाइन्छ ।

मकैको सेवनले कोलेस्ट्रोलाई नियन्त्रण गर्दछ । मकै खाँदा तौल पनि नियन्त्रण हुन्छ । मकैमा भिटामिन सी, बायोफ्लेविनाइड्स, क्यारोटेनाइड र फाइबरको मात्रा धेरै पाइन्छ । यसले कोलेस्ट्रोललाई कम गरेर धमनीहरु ब्लक हुनबाट रोक्छ ।

यसमा पाइने फाइबरले कोलेस्ट्रोललाई नियन्त्रित गर्न सहायक गर्दछ । यसका अलावा मकै सेवनबाट निम्न फाइदा पाउन सकिन्छ ।

१. मकैमा पाइने एन्टी अक्सिडेन्ट र फ्लेवेनाइड तत्वले क्यान्सरको खतरा कम गर्दछ ।
२. मकैको सेवनबाट फ्रि रेडिकल्सबाट हुने नोक्सानीबाट बचाउँछ ।
३. मकैमा पाइने फेरुलिक एसिडले स्तन र कलेजोको ट्युमरको आकार घटाँउछ ।
४. मकैमा पाइने जिंक, फोस्फरस, म्याग्नेसियम र आइरनले हड्डीलाई बलियो बनाउँछ ।
५. मकैको सेवनले बाथ रोगको सम्भावना कम गर्दछ ।
६. मकैमा हुने भिटामिन ए र सीले छालालाई चम्किलो बनाउँछ ।
७. मकैको सेवनले अनुहारमा आउने चाउरीपनाबाट समेत बचाँउछ ।
८. मकैमा हुने बिटा–क्यारोटिन, भिटामिन एले आँखाको ज्योती बढाउँछ ।
९. मकैको सेवनले बढ्दो उमेरमा हुने रतन्धोलगायतका सम्भावना कम गर्दछ ।
१०. मकैमा हुने कार्बोहाइड्रेटले शरीरलाई ऊर्जा थप्दछ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : ५५ बजे

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं

पर्यटन क्षेत्रमा अतिरिक्त करको पुनर्विचार हुनुपर्‍यो :  अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा

कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु

जेनेभा– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल