कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणका कारण ललितपुरमा एक जनाको मृत्यु


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

बुधबार ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुषको कोरोनाका कारण मृत्यु भएको हो । उपचारका क्रममा उनको ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार निधन भएको हो ।

उनको कोरोनाका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका वरिष्ठ स्वास्थ्य प्रशासक डा. खगेश्वर गेलालले पुष्टि गरे ।

‘कलेजोमा समस्या रहेका उनको बुधबार किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।’ डा.  गेलालले खबरहबसँग भने, ‘पाटन अस्पतालमा आईसीयू नभएपछि उनलाई गत जेठ ११ गते किस्ट अस्पताल पठाइएको थियो, जेठ १२ गते उनको कोरोना परीक्षणका लागि स्वाब पठाइएकोमा आज रिपोर्ट पोजेटिभ आएको हो ।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

यसअघि सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्धको कोरोनाका कारण मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।

१८७ जना उपचारपछि निको भएर घर फर्केका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १० : २७ बजे

चीनमा ठूलो बाढी, एक लाख मानिसलाई स्थानान्तरण

बेइजिङ– दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा

जङ्गलको डढेलो बस्तीमा पस्दा पाँच घर नष्ट

सोलुखुम्बु– सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा

स्वास्थ्य क्षेत्रका चुनौती सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू

झापाको झिलझिलेमा सवारी दुर्घटना, तीनजनाको मृत्यु

झापा– झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको