रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन | Khabarhub Khabarhub

रुकुम घटना : दोषीलाई कारबाहीको माग राख्दै काठमाडौंमा प्रदर्शन


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको विषयलाई लिएर बुधबार पनि काठमाडौंमा विरोध प्रर्दशन भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका–४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा हाम फालेर मृत्यु भएको घटनाको विषयमा दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै दलित युवा बिद्यार्थीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा उनीहरुले दोषीलाई कडा कारबाही गर्न र राजनीतिक आडमा घटनालाई ढाकछोप नगर्न माग गरेका छन् । उनीहरुले अन्तरजातीय विवाहका कारण दलितको मृत्यु कहिलेसम्म भन्दै सरकारलाई प्रश्न गरेका थिए ।

भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिइसकेको छ । भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका४ का सन्दीप बिक बेपत्ता छन् । बेपत्ता रहेका तीन जनाको खोजीका लागि तालिम प्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले छानविन समिति समेत गठन गरेको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । केटी पक्षका २० जनाकाविरुद्ध किटानी जाहेरी परेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ३१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०