नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो | Khabarhub Khabarhub

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८८६ पुग्यो


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बुधबार थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८८६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८८६ पुगेको जानकारी दिएका हुन् ।

डा देवकोटाका अनुसार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ११ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु मध्ये ८ जना सप्तरी बोदेबरसाईन नगरपालिकाका रहेका छन् । उनीहरु सबै १८ देखि ५६ वर्ष उमेर समूहका पुरुष रहेका छन् ।

यसैगरी सप्तरी बलान विहुल गाउँपालिकाका दुई जना १७ वर्षीया युवती र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएकाे उनले जानकारी दिए । त्यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिकाका २९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी कोशी अस्पताल विराटनगरको प्रयोगशालमा गरिएको परीक्षणमा १७ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु झापाको गौरादह नगरपालिकाका २ जना २६ र ४१ वर्षीय पुरुष, झापाको कचनकवल गाउँपालिकाका १५ जना पुरुष रहेका छन् ।

हेटौंडाको किटजन्य प्रयोगशालमा गरिएको परीक्षणमा ८ जनाको रिपोर्ट पोजेटिभ देखिएको डा. देवकोटाले जानकारी दिए । उनीहरु मकवानपुर हेटौंडाकी एक जना २५ वर्षीया महिला र अन्य ७ जना रौतहटको गढीमाइ नगरपालिकाका रहेका छन्। उनीहरु १७ देखि २९ वर्षका पुरुषहरु रहेका छन् ।

यसैगरी पोखराको प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङ तमानकोखोला गाउँपालिकाका ४ जना २१, २१, २७ र २७ वर्षका पुरुषमा पनि कोरोना पुष्टि भएको छ । यस्तै बाग्लुङकै वडिगाड गाउँपालिकाका १९र २० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा १८ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु रुकुमको पूर्वका पुथा उत्तरगंगा गाउँपालिकाका ३ जना रहेका छन् । उनीहरु १५ वर्षीया युवती र १८ र २३ वर्षीय पुरुष रहेका छन् ।

यसैगरी दाङकै घोराहीका ७ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु २४ देखि ४२ वर्ष उमेर समूहका रहेका छन् । दाङको लमही नगरपालिकाका ८ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु १७ देखि ३० वर्ष उमेरका ७ जना पुरुष र १ जना महिला रहेका छन् ।

प्रवक्ता डा देवकोटाका अनुसार भेरी अस्पतालको प्रयोगशालमा १६ जनामा कोरोना पोजेटिभ आएको छ । उनीहरु मध्ये बाँकेका डुडुवा गाउँपालिकाका २ जना २१ र ३० वर्षीय पुरुष छन् । यस्तै बाँकेको राप्तीसोनारी गाउँपालिकाका ७ जना रहेका छन् । उनीहरु १९ देखि ४० वर्षका पुरुषहरु रहेका छन् ।

यसैगरी बाँकेकै बैजनाथ गाउँपालिकाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु २४ देखि ४६ वर्ष उमेर समूहका रहेका छन् । यस्तै बाँकेको खजुरा गाउँपाकिलाका एक जना २९ वर्षीय पुरुष पनि संक्रमित भएका छन् ।

प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरुमध्ये सिराहा सिद्धिचरणका ३९ वर्षीय पुरुष, सिराहा घर भएका हाल सप्तरीमा रहेका एक जना ३५ वर्षीया पुरुष र बारा पचौटाका ७ जना रहेका छन् । जसमा एक जना ५२ वर्षीया महिला र २२ देखि ४० वर्ष समूहका ६ जना पुरुष रहेका छन् ।

यसैगरी रौतहटका हाल बारामा रहेका एक जना ४१ जना पुरुष, रौतहट गौरका ७ जना पुरुष र एक महिला, रौतहटकै देवाही गोनाही नगरपालिकाका दुई जना पुरुष, रौतहटकै कटहरीया नगरपालिकाका २ जना पुरुष रहेका छन् ।

यस्तै रौतहटकै जनता सेकेन्डरी स्कुलमा रहेका १४ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मदरसाका २ जना रहेका छन् ।

नेपालका संक्रमितमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको डा. देबकोटाले बताए। निको भएकामध्य १४२ पुरुष र ४१ महिला रहेका छन् ।अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ४ : ३० बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन