विहीबार नै कार्यसमिति बैठक बोलाउन कांग्रेस नेता थापाको माग « Khabarhub

विहीबार नै कार्यसमिति बैठक बोलाउन कांग्रेस नेता थापाको माग


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन् ।

नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढिरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुनेतर्फ ध्यानाकर्षण गराए ।

उनले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोलि नै बैठक बोलाउनु पर्नेमा जोड दिए ।

सामाजिक सञ्जालहरुमा उनले लेखेका छन्, “परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकताका लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ ।’

काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्ने गरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापाले हडपिएको जमिन नेपाललाई फिर्ता गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उनले जोड दिँदै आएका छन् ।

 

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ५ : १२ बजे

कामपा–४ मा एमालेको प्यानललै विजयी

काठमाडौँ- काठमाडौँ महानगरपालिका–४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार

रूसी इन्धनमा निर्भरता अन्त्य गर्ने युरोपेली युनियनको योजना

काठमाडौं- युरोपेली आयोगले रूसी जीवाश्म इन्धनमा युरोपको निर्भरतालाई अन्त्य गर्ने योजना

एमालेले जित्यो १६४ पालिका प्रमुख

काठमाडौँ- नेकपा एमालेका उम्मेदवार १६४ वटा स्थानीय तहको प्रमुख तथा

संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन 

काठमाडौँ- सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिनिधिसभा बैठकमा उपस्थित

नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ- तेस्रो टी-२० खेलमा युगान्डाविरुद्ध नेपालले टस जितेर ब्याटिङ गर्ने