रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह | Khabarhub Khabarhub

रुकुमपश्चिमको हत्याकाण्डलाई राजनीतिकरण नगर्न सांसदको आग्रह


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा यही जेठ १० गते रुकुमपश्चिममा भएको हत्याको घटनाका विषयमा आवाज उठाउँदै सर्वदलीय छानविनको माग गरेका छन् ।

बैठकको शून्य समयमा सांसदले सो घटनालाई राजनीतिकरण नगर्न र मृतकहरुलाई सामाजिक शहीद घोषणा गर्न पनि माग गरे । सांसद मीन विश्वकर्माले स्थानीय प्रशासन र प्रहरीको लापर्वाहीले घटना भएको बताए ।

सांसद विमला नेपालीले अन्तरजातीय प्रेम सम्बन्धका क्रममा भएको घटनामा मृत्यु भएकालाई सामाजिक शहीद घोषणा गरी घटनाको संसदीय छानविन गर्न माग गरे । सांसद मनकुमारी जिसीले रुकुमपश्चिमको घटना पुनः दोहोरिन नदिन आग्रह गर्नुभयो भने सांसद महिन्द्रकुमारी लिम्बू रुकुमपश्चिमको घटनाको छानविनका लागि सर्वदलीय समिति गठन गर्न माग गरे ।

सांसद यशोदा सुवेदी गुरुङले सो घटनालाई राजनीतिकरण नगर्न माग गरे । सांसद लक्ष्मी परियारले रुकुमपश्चिममा भएको जातीय विभेद र नरसंहारको घटनामा संविधान र कानूनको किन प्रभावकारी कार्यान्वयन भएन भनी प्रश्न गरे ।

रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्याको घटना भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् ।

भूमि अतिक्रमणविरुद्ध एकमत

बैठकमा सांसद डा मीनेन्द्र रिजालले संविधान संशोधनका लागि सर्वदलीय बैठक र समझदारी बढ्नु सकारात्मक भए पनि त्यस्ता बैठकमा भएका निर्णय संसद्लाई जानकारी दिने परम्परा शुरु गर्न आग्रह गरे ।

सांसद मोहन बानियाँले अतिक्रमित भूमि समेटेर नेपालको नयाँ नक्सा जारी भएकामा खुशी व्यक्त गर्दै वार्ताबाट भूमि फिर्ता ल्याउन आग्रह गरे । सांसद मीना सुब्बाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरिन ।

सांसद रामबहादुर विष्टले भारतीय स्वतन्त्रता सङ्ग्राममा नेपालीले दिएको योगदानलाई बिर्सेर भारतले नेपाली भूभागमा अतिक्रमण गर्नु दुःखको विषय भएको बताए ।

सांसद रेखा शर्माले भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समावेश गरेकामा सरकारलाई धन्यवाद दिँदै कूटनीतिक वार्ताबाट भूमि फिर्ता गर्न आग्रह गरिन ।

सांसद रेनुका गुरुङले सुगौली सन्धिका आधारमा नेपालको भूभागमा भारतले अतिक्रमण गर्नु दुःखद् भएकाले ग्रेटर नेपाललाई कायम राख्ने गरी पहल गर्न माग गरिन ।

बैठकमा सांसद मातृकाप्रसाद यादवले कोरोना सङ्कटको दीर्घकालीन व्यवस्थापन गर्न आग्रह गरे । सांसद राजेन्द्रप्रसाद गौतमले बन्दाबन्दीको अवधि थपिँदै जाँदा खाने वर्ग बढी प्रभावित भएकाले ती वर्गका लागि विशेष कार्यक्रम ल्याउन माग गरे ।

सांसद विमला विकले तराईका क्षेत्रमा भारतबाट फर्केकालाई अनिवार्य परीक्षण र बर्दियामा कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरे ।

सांसद भरतकुमार साहले धानको बीउ राख्ने समयमा सहजरुपमा किसानले बीउ प्राप्त नगरेको गुनासो गरे । सांसद भीमसेनदास प्रधानले काठमाडौँ बाहिरबाट आउनेलाई उचित जाँच गरी क्वारेन्टिनमा राख्न सुझाव दिए ।

सांसद भैरवबहादुर सिंहले भारतमा रहेका नेपालीलाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको उपयुक्त व्यवहार नगरेको बताए । सांसद विमलप्रसाद श्रीवास्तवले भारतमा अलपत्र परेकालाई स्वदेश ल्याउन माग गरे ।

बैठकमा भवानीप्रसाद खापुङ, महेश्वरजङ्ग गहतराज, यज्ञबहादुर बोगटी, यज्ञराज सुनुवार, रङ्गमति शाही, नवीन्द्रराज शर्मा, राजबहादुर बुढा क्षेत्री, राजेन्द्रकुमार केसी, रेखा कुमारी, लक्ष्मीकुमारी चौधरीलगायतले जनजीवनका विभिन्न सवालमा सरकारलाई ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ३ : ४२ बजे

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा

काठमाडौं । पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा हेर्दाहेर्दैमा राखिएको छ ।

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा- बागमती प्रदेश सरकारले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको

जग्गा बेच्न दिने अध्यादेश : क–कसलाई फाइदा ? (सूचीसहित)

काठमाडौं – सरकारले यही वैशाख १६ र १७ गते गर्न

आजका समाचार : कतारका अमिर स्वदेश फिर्तादेखि सांसद गुरुङको निलम्बन फुकुवासम्म

कतारका अमिर स्वदेश फिर्ता मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट

जलेश्वर– महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आगलागी हुँदा ९२ भन्दा