रक्सौलमा अलपत्र नेपाली ल्याउने क्रम जारी | Khabarhub Khabarhub

रक्सौलमा अलपत्र नेपाली ल्याउने क्रम जारी


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका नेपालीहरुलाई फिर्ता गराउने क्रम जारी छ ।

भारतबाट आज बिहान १० बजेसम्म ३ सय ७५ जना नेपाली स्वदेश भित्रिएका छन्। वीरगञ्जको सीमावर्ती भारतीय शहर रक्सौलमा अलपत्र रहेका ६ सय जनालाई फिर्ता गराउने क्रमसँगै उनीहरु आउन थालेका हुन्।

नेपाल भित्रनेलाई लिन प्रमुख जिल्ला अधिकारीदेखि मेयर र नेताहरु पनि सीमाको पुलमा पुगेका छन्।

स्थानीय प्रशासनको पहल अनुसार बुधबार बिहानदेखि रक्सौलको विभिन्न क्वारेन्टाइनमा रहेका करिब ६ सय नेपाली नागरिकलाई स्वदेश फिर्ता ल्याउने तयारी भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्तासमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।

‘रक्सौलका अधिकारीहरुले बुधवारदेखि नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने भारतको माथिल्लो निकायको निर्देशन आएको छ। तपाईँहरु तयार रहनु होला भनेर सिडिओ साबलाई फोन आएको थियो,’ बस्नेतले भने, ‘सोही अनुरुप हामीले तयारी थालेका हौं। बुधबार बिहानदेखि साँझसम्म जति रक्सौलमा फसेका नेपाली नागरिकहरु हुनुहुन्छ, सबैलाई नेपाल ल्याउछौं।’

भारतका बिभिन्न राज्यका करिब ५ सय भारतीय नागरिकलाई मंगलवार पारि पठाइएको पनि पर्साका सहायक प्रजिअ बस्नेतले जानकारी दिए। यसअघि गत मंगलबार पनि वीरगञ्ज र पर्साका विभिन्न क्वारेन्टाइनमा फसेका २१० जना भारतीय नागरिकलाई आईसीपी भन्सार नाकाबाटै उद्धार गरी भारत पठाइएको थियो।

भारतीय नागरिक नेपालबाट पारि जान पाउने तर नेपालीहरु भारतमा अलपत्र पर्ने घटनाले वीरगञ्जका मेयर, प्रदेश २ का मुख्यमन्त्री र नेपाल सरकारमाथि नै आलोचना भइरहेको थियो।

६ सय नेपाली नागरिकमध्ये नेपालका २५ वटा जिल्लाका बासिन्दा रहेको हुँदा सम्बन्धित जिल्लाका प्रजिअसँग छलफल भइरहेको र बसबाट उनीहरुलाई जिल्लामा पठाउने तयारी भएको छ।

भारतबाट आएकालाई सम्बन्धित जिल्लाका क्वारेन्टाइनमा १४ दिन राखी पीसीआर नेगेटिभ आएपछि ७ दिनको होम क्वारेन्टाइनमा पठाइने तयारी भएको पर्साका सहायक प्रजिअ बस्नेतले स्पष्ट पारे।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १ : १२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०