कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु यूरोपमा | Khabarhub Khabarhub

कोरोना भाइरसबाट सबैभन्दा बढी मृत्यु यूरोपमा


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संसार कोराना भाइरसको चपेटमा परेको छ । चीनको वुहानबाट फैलिएको कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ लाख ५२ हजार नाघेको छ । ५६ लाख ८८ हजार व्यक्ति संक्रमित भइसकेका छन् ।

महादेशीय रुपमा हेर्ने हो भने यूरोपमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यहाँ १ लाख ६९ हजारको मृत्यु हुँदा दोस्रो स्थानमा रहेको उत्तर अमेरिकामा १ लाख १६ हजार व्यक्तिको कोभिड १९ को संक्रमणका कारण मृत्यु भएको छ ।

सबैभन्दा कम ओसियानामा १२४ जनाको मृत्यु भएको छ । दक्षिण अमेरिकामा ३३ हजारको मृत्यु हुँदा एशियामा २८ हजार र अफ्रिकामा ३ हजार ६१३ जनाको मृत्यु भएको कोरोना भाइरसले पारेको असरको तथ्यांक राखिरहेको वल्डोमिटरले जनाएको छ ।

यूरोपमा कोरोना भाइरसको संक्रमणबाट १ लाख ६९ हजार ६०१ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १९ लाख ३४ हजारनाघेको छ । ९ लाख १२ हजार ५५८ जना भने निको भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी बेलायतमा ३७ हजारभन्दा बढी, इटाली ३२ हजार ९५५, फ्रान्स २८ हजार ५३०, स्पेन २७ हजार ११७, बेल्जियम ९ हजार ३३४, जर्मनी ८ हजार ४९८ छन् ।

संक्रमित हुनेमा सबैभन्दा बढी रुसमा ३ लाख ६२ हजारभन्दा बढी छन् । त्यहाँ मृतक भने ३ हजार ८०७ जना मात्र छन् । स्पेनमा २ लाख ८३ हजार ३३९ जना संक्रमित हुँदा बेलायतमा २ लाख ६५ हजार २२७ जना संक्रमित बनेका छन् । इटालीमा २ लाख ३० हजार ५५५ जना संक्रमित हुँदा फ्रान्समा १ लाख ८२ हजार ७२२ र जर्मनीमा १ लाख ८१ हजार २८८ जना संक्रमित छन् ।

उत्तरी अमेरिकामा १ लाख १६ हजार ६७६ जनाको मृत्यु भएको छ । त्यहाँ १९ लाख ३० हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा १ लाख ५७२ जना, मेक्सिकोमा ८ हजार १३४, क्यानडा ६ हजार ६३९ जनाको मृत्यु भएको छ । अरु देशमा मृतकको संख्या एक हजार कटेको छैन ।

अमेरिकामा सबैभन्दा बढी १७ लाख २५ हजारभन्दा बढी संक्रमित हुँदा क्यानडामा ८६ हजार ६४७, मेक्सिकोमा ७४ हजार ५६० जना संक्रमित भएका छन् ।

दक्षिण अमेरिकामा ३३ हजार ९८१ जनाको मृत्यु भएको छ । ६ लाख ८६ हजारभन्दा बढी संक्रमित छन् । त्यहाँ ब्राजिलमा सबैभन्दा बढी २४ हजार ५९३ जनाको मृत्यु हुँदा ३ लाख ९४ हजारभन्दा बढी संक्रमित बनेका छन् ।

पेरुमा ३ हजार ७८८ जनाको मृत्यु हुँदा १ लाख २९ हजारभन्दा बढी संक्रमित बनेका छन् । इक्वेडर ३ हजार २०३ जनाको मृत्यु भएको छ । अरु देशमा एक हजारको संख्या कटेको छैन ।

एशियामा २८ हजार २४५ जनाको मृत्यु हुँदा १० लाख ५ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । करिब ६ लाख संक्रमित व्यक्ति निको भएका छन् ।

सबैभन्दा बढी इरानमा ७ हजार ५०८ जना, चीन ४ हजार ६३४ जना, टर्कीमा ४ हजार ३९७ जना, भारत ४ हजार ३४६ जना, इण्डोनेशियामा १ हजार ४१८, पाकिस्तानमा १ हजार २२५ जनाको मृत्यु भएको छ । संक्रमितमा भने टर्कीमा सबैभन्दा बढी १ लाख ५८ हजारभन्दा बढी, भारतमा १ लाख ५१ हजारभन्दा बढी, इरानमा १ लाख ३९ हजारभन्दा बढी, चीनमा ८२, ९९३ जना छन् ।

अफ्रिकामा ३ हजार ६१३ जनाको मृत्यु हुँदा १ लाख २१ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । सबैभन्दा बढी इजिप्टमा ७९७ जना, अल्जेरियामा ६१७ जना, दक्षिण अफ्रिकामा ५२४ जनाको मृत्यु भएको छ ।

ओसियानामा भने जम्मा १२४ जनाको मृत्यु भएको छ भने ८ हजार ७४७ जना संक्रमित छन् । त्यहाँ सबैभन्दा बढी अष्ट्रेलियामा १०३ जनाको मृत्यु भएको छ भने न्युजिल्याण्डमा २१ जनाको मृत्यु भएको हो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  १२ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन