रमजानले साउदीको कर्फ्यू खुकुलो, नेपाली श्रमिकको गुनासो व्यवस्थापनमा दूतावासको अग्रसरता | Khabarhub Khabarhub

रमजानले साउदीको कर्फ्यू खुकुलो, नेपाली श्रमिकको गुनासो व्यवस्थापनमा दूतावासको अग्रसरता


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रमजान सुरु भएपछि साउदी सरकारले कर्फ्यू खुकुलो पारेको छ ।

अप्रिल २६ देखि मे १३ सम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यू हटाइएको छ ।

साउदी सरकारले मक्का क्षेत्र बाहेकका सम्पूर्ण क्षेत्रमा लागू हुने गरी कर्फ्यूको समयमा हेरफेर गरेको हो ।

यसअघि रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा २४ घण्टे कर्फ्यू लागू भएको थियो ।

कर्फ्यूको समय फेरबदल भए पनि सामाजिक दूरी कायम राख्न र कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

साउदी अरबस्थित नेपाली नेपाली दूतावासले समस्या परे तत्काल सम्पर्क गर्न नेपालीहरुलाई आह्वान गरेको छ ।

दूतावासले नेपालीका गुनासा सुन्न छुट्टै टेलिफोन सेवा समेत सञ्चालनमा ल्याएको छ । दूतावासका अनुसार ०५०००३१७०५ र ०५०००३४७८६ मा फोन गरेर आफ्ना समस्याहरु टिपाउन सकिनेछ ।

फेसबुक, इमेल, ह्वाट्सएपबाट गुनासाहरु पठाउन कठिन भएको गुनासो बढेपछि दुईवटा टेलिफोन नम्बरमा आउने  श्रमिकको गुनासो सुनेर व्यवस्थापन प्रकिया अघि बढाइने जनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ०० बजे

चुरेमा छवटा सिँचाइ योजनाको काम सुरु

गोदावरी– कैलालीको पहाडी भेगमा पर्ने चुरे गाउँपालिकामा छवटा सिँचाइ योजना

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं– त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण र

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले