लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ३२७ जना प्रहरीको नियन्त्रणमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ९७ महिला सहित १३ सय २७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार दिनभरमा उक्त संख्यामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

उनकाअनुसार ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी ३ सय ४० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ९३, ललितपुरमा २ सय ७४ र भक्तपुरमा ६० जनालाई नियन्त्रणमा लिइएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाको छ ।

लकडाउन उल्लंघन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको उनले बताए । लकडाउन वैशाख २५ गतेसम्म जारी रहनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ५७ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न