कोटेश्वरमा ओली–नेपाल समूहको छलफल, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा | Khabarhub Khabarhub

कोटेश्वरमा ओली–नेपाल समूहको छलफल, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न पछिल्लो गतिरोधका विषयमा नेताहरुबीच दुई पक्षीय तथा समूहगत छलफलहरु जारी छन् ।

सोमबार मात्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भयो । दुवै नेताबीच भेटवार्ता सकिएपछि अहिले नेता नेपालको कोटेश्वरस्थित निवासमा ओली र नेपाल पक्षका नेताहरुको छलफल चलिरहेको छ ।

यसैबीच पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनालबीच पनि सोमबार छलफल भएको छ ।

वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

अध्यक्ष प्रचण्ड र नेता खनालबीच पार्टीको स्थायी कमिटी बैठकका विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाउन नचाहेको अवस्था चाल्ने कदमबारे पनि दुई नेताबीच छलफल भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।

यस्तै, नेता नेपालको कोटेश्वरस्थित निवासमा पार्टीमा देखिएको विवाद समाधानका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।

तर, प्रधानमन्त्री ओलीको ‘निर्देशन’मा साबिकको समाजवादी पार्टी फुटाउनका लागि पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं पुर्‍याएको विषयलाई लिएर नेकपामा विवाद बढेको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।

प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटी बैठक बोलाउन चाहँदैनन् । ओली बाहेक अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ०६ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले