वुहानका अस्पतालहरुमा कोरोनाका विरामी नभएको चीनको घोषणा | Khabarhub Khabarhub

वुहानका अस्पतालहरुमा कोरोनाका विरामी नभएको चीनको घोषणा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  चीनले वुहानका अस्पतालहरुमा अब कोरोना भाइरस संक्रमित विरामी नभएको घोषणा गरेको छ ।

कोरोना भाइरसको उद्भव मानिने वुहान शहरमा अब कोरोना भाइरसका एक जना पनि संक्रमित नभएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेगले बताएका छन् ।

वुहानस्थित एक मासु पसलबाट सुरु भएर कोरोना भाइरस संसारभर फैलिएको बताइरहँदा चीनले उक्त घोषणामार्फत त्यहाँ महामारी समेत अन्त्य भएको संकेत गरेको छ ।

वुहानमा कोरोना सङ्क्रमण फैलिएपछि ७६ दिनसम्म लकडाउन गरिएको थियो । चीनमा अहिलेसम्म ८२ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएकोमा ५० हजारभन्दा धेरै वुहानका मात्र रहेका थिए ।

चीनमा अहिलेसम्म साढे ४ हजारभन्दा धेरैको मृत्यु भएको थियो । संक्रमण नियन्त्रणमा आएसँगै चीनले खोक्दा वा थुक्दा अनिवार्य मुख छोप्नु पर्ने नियम ल्याएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ९ : ३५ बजे

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही