कोरोना भाइरसको जोखिम रोक्न सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमाक्षेत्र | Khabarhub Khabarhub

कोरोना भाइरसको जोखिम रोक्न सशस्त्र प्रहरीको उच्च निगरानीमा सीमाक्षेत्र


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- कोरोना भाइरसका कारण नेपाल र भारत दुवै देशमा लकडाउन गरिएपछि सीमाक्षेत्र सिल गरेर सशस्त्र प्रहरी बल नेपाल रुपन्देहीले उच्च निगरानीमा राखेको छ ।

भारतसँग सीमा जोडिएको रुपन्देहीमा पर्ने ६० किलोमिटर क्षेत्रका नाकालाई पूर्णरुपमा शिल गरेर २४ सै घण्टा निगरानी गरिएको सशस्त्र प्रहरी बल रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले सीमा क्षेत्रमा २२ पिकेट र पाँच मोबाइल भ्यानले २४ सै घण्टा गस्ती गरिएको बताए ।

“सीमाक्षेत्रको अवस्था हाल अति संवेदशिल भएको छ । नेपालबाट खुला सिमाको कारण मानिसहरु भारत जान खोज्नु र भारतबाट नेपालतिर आउनेहरुलाई रोक्ने काम सशस्त्र प्रहरीले गरिरहेको छ“, सशस्त्र प्रहरी उपरीक्षक पोखरेलले भने ।

नेपाल भारत आवतजावतलाई जिल्ला प्रशासन कार्यालयको निर्देशनविना सशस्त्र प्रहरी बलले पूर्णरुपमा बन्द गरेको सशस्त्र प्रहरी बल नेपाल राजस्व भन्सार नम्बर ३८ गुल्म रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए ।

सीमाक्षेत्र मात्र नभएर सशस्त्र प्रहरी बलले लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गर्नका लागि जिल्लाके बुटवल, भैरहवा, गंगोलिया,लुम्बिनी, मर्चवार र धकधई क्षेत्रमा समेत स्थानीय सरकारसँगको सहकार्यमा २४ सै घण्टा गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीको सूचना शाखाले जनाएको छ ।

जिल्लाका सरकारी अस्पताल र आइसोलेशन क्षेत्रको समेत सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले बताएको छ । सशस्त्रले जिल्लामा रहेको आफ्नो न्यून जनशक्तिलाई अधिकतम प्रयोग गरेर सीमाक्षेत्र र बजार क्षेत्रमा प्रभावकारीरुपमा परिचालन गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीले जनाएको छ ।

सशस्त्र प्रहरी बलको रुपन्देहीका निकायहरुले सीमाक्षेत्र, बजार, आन्तरिक सुरक्षा र अस्पतालको सुरक्षा गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ११ : १४ बजे

केमिकल बोकेको ट्रकमा आगलागी

धादिङ– रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल लिएर काठमाडौँतर्फ गुडेको

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले यही वैशाख २६ गते स्थायी कमिटीको

चैते धानमा किसानको आकर्षण

दाङ– बङ्गलाचुली गाउँपालिका–४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि

वीरगञ्जको अलौमा आगलागी, सात घर जलेर नष्ट

वीरगञ्ज– वीरगञ्ज महानगरपालिका–१७ स्थित अलौमा आज बिहान आगलागी हुँदा सातवटा

यस्ता छन्, काफल खाँदाका फाइदा

काठमाडौँ– अहिले काफलको सिजन हो । अहिले नेपालका वनपाखामा काफल