चीनमा फेरि कोरोना भाइरसको त्रास : सीमा नाका र हवाइ उडान बन्द गरिँदै  | Khabarhub Khabarhub

चीनमा फेरि कोरोना भाइरसको त्रास : सीमा नाका र हवाइ उडान बन्द गरिँदै 


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा कोरोना भाइरसको संक्रमण नियन्त्रणउन्मूख भइरहे पनि पूर्णरुपले खतरामुक्तको अवस्था भने बनेको छैन । चीनमा कोरोना भाइरसको संक्रमण अन्यत्रबाट भित्रिन थालेपछि फेरि त्रास उब्जिएको छ ।

पछिल्लो समय ग्वाञ्जाओमा पाकिस्ताबाट भित्रिएका पाँचौ कारोनो संक्रमिण व्यक्ति भेटिएका थिए । कोरोनोको महामारी फैलिए यता ५३ जना पाकिस्तानी नागरिकहरु चीन पुगेको जनाइएको छ ।

अन्यत्रबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीनले शनिबारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकको प्रवेशमा समेत अस्थायी रोक लगाएको छ ।

चीनले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ५ : ५४ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका