क्रिकेट प्रशिक्षकको ‘लकडाउन’ दैनिकी : योगाभ्यासदेखि पुराना गीतको ‘थेरापी’सम्म | Khabarhub Khabarhub

क्रिकेट प्रशिक्षकको ‘लकडाउन’ दैनिकी : योगाभ्यासदेखि पुराना गीतको ‘थेरापी’सम्म



काठमाडौं– चिनको बुहानबाट शूरु भएको नोबेल कोरोना भाइरस (कोभिड १९)ले विश्वव्यापी महामारीको रुप लिइसकेको छ ।

अहिलेसम्म नेपालमा ३ जनामा यसको संक्रमण देखिएको छ । जसमा १ जना यसअघि नै निको भएर घर फर्किसकेका छन् भने २ जनाको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा उपचार भइरकेको छ ।

नेपाल सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै देशव्यापी ‘लकडाउन’को आदेश जारी गरेको छ । सरकारले लकडानको आदेश जारी गरेको शुक्रबार चौथो दिन पुगेको छ । अतिआवश्यक बाहेक बाहिर ननिस्कन सरकारले सबै नागरिकलाई आग्रह गरेको छ ।

यस्तो, अवस्थामा सबै कामहरु बन्द छन् । मानिसहरु बाहिर हिँड्न कम गरिसकेका छन् । तर, सबै क्षेत्रका मानिसहरु अहिले घरको बन्द कोठामा छन् । यस्तोमा बाहिर हिँडिरहने मानिसहरुको दैनिकी निकै कठिन बनिरहेको प्रतिक्रिया पनि आइरहेका छन् ।

घरमा कम बस्ने र बाहिर धेरै हिड्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमटाको दैनिकी पनि प्रभावित बनेको छ । उनी अहिलको परिस्थिती अनुसार घरमै सहज महसुस गर्ने गरी माहोल बनाइरहेको सुनाउँछन् ।

लकडाउन अघिको दिनसम्म उनी दैनिक राष्ट्रिय खेलकुद परिषददेखि त्रिवि क्रिकेट मैदानलगायतका क्षेत्रमा धाइरहेका हुन्थे । धेरै समय खेलाडीहरुसँगै मैदानमा रहने टमटा अहिले महामारीको जोखिमबाट बच्न घरमै बस्नु परिरहेका बताउँछन् । उनी आफू लकडाउनप्रति अभ्यस्त हुँदै गएको पनि बताउँछन् ।

टमटाले घरमा यसरी लामो समय बस्न पाएको यो पहिलो पटक हो । अहिलेको दैनिकी केही फरक भएको छ । उनको दैनिकीको शुरुवात योगाभ्यासबाट हुँदै राति पुराना गीत सुन्दै सकिन्छ ।

‘बिहान उठिसकेपछि योगा गर्छु । त्यसपद्धि केही समय आराम गरेर केही पुस्तक अध्ययन गर्छु,’ टमटाले आफ्नो ‘लकडाउन दैनिकी’ खबरहबसँग शेयर गर्दै भने, ‘दिउँसोको समय सुत्छु, टेलिभिजन पनि हेर्छु । यति लामो समय घरमा बसिएको थिएन, तर आफैंलाई नियन्त्रण गरेर बसिरहेको छु ।’

राति पुराना नेपाली गीत सुनेर ‘रिल्याक्स’ हुने गरेको पनि उनले सुनाए । ‘अहिलेको समयमा पुराना नेपाली गीतले थेरापीको काम गरेको छ,’ टमाटा भन्छन् ।

टमटा राज्यले गरेको आग्रलाई मान्दै आफ्नो सुरक्षामा आफैं सचेत हुनु पर्ने बताउँछन् ।

घरमा बस्दा धेरै समय पुस्तकमा विताउने गरेको उनले सुनाए । ‘मैले दिनमा केही समय अध्ययनका लागि छुट्याएको छु । त्यसमा क्रिकेटका पुस्तकहरु पढ्छु,’ टमटाले भने ।

क्रिकेटका किताबहरु पढे पनि साहित्यमा भने आफ्नो रुचि नरहेको उनी बताउँछन् । साहित्य सम्बन्धी कुराहरु पत्रिका र अनलाइन पोर्टलमा पढे पनि किताब किनेर पढ्ने बानी नै नरहेको उनी सुनाउँछन् ।

तर, दिनमा केही समय एसोसियट राष्ट्रका खेलाडीहरुको बारेमा पनि खोजेर पढ्ने गरेको उनी बताउँछन् । त्यसबाहेक टिभीमा क्रिकेट हेर्ने गरेको उनले सुनाए ।

सरकारले कोरोनाको संक्रमण रोक्नका लागि पहिलो चरणमा ७ दिनका लागि लकडाउनको आदेश जारी गरेको छ । उक्त आदेशलाई सम्पूर्ण नागरिकले पालना गर्नुपर्ने टमाटाको बुझाइ छ ।

‘जतिसक्यो घरमा बस्नुस् । परिस्थितिअनुसार सरकारको निर्देशन पालन गर्दा अहिले रामो हुन्छ,’ टमटा भन्छन्, ‘केही मान्छेहरु बाहिर निस्किएको पनि देखिन्छन् । यस्तो काम गर्नु हुँदैन ।’

कोरोनाको प्रभाव हुँदैन थियो भने अहिले नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग २ अन्तर्गत आफ्नो दोस्रो चरणको छनोटको अभ्यासमा लागिरहेको हुन्थ्यो । सायद टमाटा पनि टोलीसँगै मैदानमा हुन्थे ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १ : ३० बजे

कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल

काठमाडौं– कोशी प्रदेशमा संकल्प प्रस्ताव टेबुल भएको छ । नेकपा

रुखबाट खसेर एक जनाको मृत्यु

ढोरपाटन– बागलुङमा घाँस काट्ने क्रममा रुखबाट खसेर एक जनाको मृत्यु

आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौं– अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।

सोमपालको बलमा युएइका कप्तान आउट

काठमाडौँ– नेपालले युएईविरुद्ध पहिलो सफलता हासिल गरेको छ । एसीसी

नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

काठमाडौं– नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ । एसीसी