प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक | Khabarhub Khabarhub

प्रधानमन्त्री आजै अस्पतालबाट डिस्चार्ज हुने सम्भावना : चिकित्सक


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई बिहीबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।

मुटुको चालमा गडबडी भएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो । तर उनको अवस्था अहिले सामान्य रहेको र आजै साँझसम्ममा डिस्चार्जको सम्भावना रहेको चिकित्सकहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने, उहाँको मुटुको चालमा गडबडी भएपछि अस्पताल ल्याइएको थियो । अहिले अवस्था सामान्य रहेको छ । रिपोर्टहरु पनि सामान्य नै रहेका कारण आज साँझ सम्ममा डिस्चार्ज हुने सम्भावना छ ।

२१ फागनुमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेसँगै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक लगायतका कार्य बालुवाटारबाट सम्पादन गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  १२ : ०२ बजे

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार