थाहा पाउनुहोस् कोरोना भाइरसका बारेमा फैलिएका अफवाह | Khabarhub Khabarhub

थाहा पाउनुहोस् कोरोना भाइरसका बारेमा फैलिएका अफवाह


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको प्रवेश नेपालमा भइसकेको छ । विश्वभर कोरोना संक्रमणको महामारी फैलिरहेको बेला नेपालमा पनि यसविरुद्ध सर्तकता अपनाइन थालेको छ ।

यसको संक्रमणका कारण २४ हजारभन्दा बढि मानिसको मृत्यु भइसकेको छ भने करीब साढे चार लाख मानिस यसबाट संक्रमित छन् । तर यसको जोखिम भन्दा सर्वत्र हल्लाले मानिसहरुमा त्रास बढाएको छ ।

मानिसहरुले आफै मनगणन्ते कुराहरु अफवाहका रुपमा फैलाउँदा यसको त्रास बढेको हो । तसर्थ यस्ता केहि झुटा अफवाहहरुको हामी पर्दाफास गर्दैछौ ।

१. कोरोनाको नाममा फैलिएको एक अफवाह हो, मौसमको तापमानमा कोरोनाको संक्रमण हुदैन । जबकि अहिलेसम्म यसबारे कुनै प्रमाण जुटिसकेको छैन । अत्यधिक गमी बढेमा कोरोना भाइरस केहि समय निष्क्रिय त हुन्छ तर निमिट्यान्न भने हुदैन ।

२. केहि मानिसको भनाईमा तातो पानीले नुहाउँदा कोरोना भाइरसको संक्रमण हुदैन । यो पनि फगत एक अफवाह हो । तर नियमित साबुन पानीले हात धुदाँ वा स्वच्छताको पालना गर्दा चाहिं कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

३. अर्काे एक अफवाह अनुसार चीनमा उत्पादित वस्तुमा कोरोना भाइरसको संक्रमण हुन्छ । जबकी यस प्रकारको हल्लामा सत्यता छैन । चाइनाबाट आएको सामान तत्काल उपभोक्ता माझ पुग्ने भए मात्र यसमा केहि हदसम्म सत्यता होला । अन्यथा डेलिभरी हुन नै लामो समय लाग्ने भएकाले त्यति लामो समयसम्म यो भाइरस टिक्न पनि सक्दैन ।

४. केहि मानिस शरीरभरी अल्कोहल दलेमा कोरोनाको संक्रमण हुन सक्दैन भन्छन् । तर यसमा सत्यता छैन । किनकी शरीरभित्र प्रवेश गरेको भाइरस बाहिरी छालामा अल्कोहल दल्दैमा नष्ट हुदैन ।

५. जनावरलाई छुदा पनि कोरोनाको संक्रमण हुनसक्छ भन्ने अर्काे अफवाह छ । तर घरपालुवा जनावर र बाहिरी सम्पर्कमा नआएका जनावरबाट कोरोना सर्दैन । तर सकेसम्म जनावरको असुरक्षित सम्पर्कमा भने आउनुहुदैन ।

६. अर्को अफवाह अनुसार निमोनिया वा हायमोफिलस इनफ्लूइञ्जा जस्ता रोगका भ्याक्सिनबाट कोरोना भाइरसको उपचार सम्भव छ । जबकि कोरोना भाइरस नयाँ भाइरस भएकाले इसका लागी कुनै भ्याक्सिन तयार भएको छैन ।

७. कोरोना भाइरसको संक्रमण बढ्ना साथ मानिसहरु प्राय सबै प्रकारको मास्कको प्रयोगबाट बच्न सकिने दाबा गर्दै आएका छन् । तर सबै मास्कले कोरोना भाइरसको संक्रमण हुनबाट बचाउँदैन ।

८. केहि मानिस माछामासुबाट कोरोना सर्ने भन्दै मासांहारी खान बन्द गरेका छन् । जबकि माछामासु खाएकै कारणले कोरोना सर्दैन । बरु सुरक्षित स्थलबाट मासु ल्याइएको छैन भने चाहि सर्ने खतरा हुन्छ । साथै काचो मासु वा अण्डा खानु घातक हुन्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : २९ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे