फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ | Khabarhub Khabarhub

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गरेको आरोपमा महिला पक्राउ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी ४३ वर्षीया पूर्णिमा श्रीष छन् ।

प्रहरीका अनुसार फूड प्याकिङ गर्ने काम गर्ने गरी फ्रान्स पठाइदिने भन्दै ३ जनाबाट ३८ लाख ५० हजार रुपैयाँ उठाएकी थिइन् ।

तर, पैसा लिएको लामो समयसम्म पनि सम्पर्कमा नआएपछि पीडित युवाहरुले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

पीडितमध्येका शीरबहादुर थापासहित ३ जनाले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले श्रीषलाई मनमैजुबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी श्रीषमाथि थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमारले जानकारी दिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  २ : ४८ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६