मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट | Khabarhub Khabarhub

मदिरा सेवन गरी दार्चुलामा विद्यार्थीमाथि कुटपिट


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दार्चुला– दार्चुलाको लटीनाथ गाउँपालिकामा विद्यार्थीमाथि कुटपिट भएको छ । राष्ट्रपति रनिङ शिल्डको अन्तिम दिन बुधबार साँझ प्रतियोगिता जितेका लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थीमाथि आक्रमण भएको हो ।

स्थानीयका अनुसार गाउँपालिकाको वडा नम्बर २ का केही व्यक्तिले मादकपदार्थ सेवन गरी विद्यार्थीमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट लटीनाथ माध्यमिक विद्यालयका विद्यार्थी पावेल महरा, प्रकाश बिष्ट र दिनेश महरा घाइते भएका छन्। अन्य केही विद्यार्थीलाई सामान्य चोट लागेको छ ।

विद्यार्थीमाथि आक्रमण गर्ने खगेन्द्र ठगुन्ना, विनोद धामी, राजेन्द्र धामी तथा दिलीपसिंह धामीसहितलाई इलाका प्रहरी कार्यालय लटीनाथले पक्राउ गरेको छ ।

‘शिल्ड जितेर लटीनाथको दाजुभाई होटलमा खाजा खाइरहेका विद्यार्थीमाथि कुटपिट भएको रहेछ, कुटपिट गर्नेलाई नियन्त्रणमा लिइसकेका छौं, उनीहरुलाई कसुर अनुसारको कारबाही हुन्छ,’ इलाका प्रहरी कार्यालय लटीनाथका इन्चार्ज कमल विष्टले भने ।

कुटपिटमा संलग्नचार जनालाई नियन्त्रणमा लिइसकेको र अन्यको खोजीभइरहेको उनले बताए । ‘कुटपिटमा संलग्न भएकाहरुले जाँड रक्सी सेवन गरेको देखिएको छ,’ विष्टले भने ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ४६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६