रेखाको फिल्ममा स्मिताको स्वर | Khabarhub Khabarhub

रेखाको फिल्ममा स्मिताको स्वर


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेखा थापाले निर्माण गर्न लागेको फिल्मको एक गीतका लागि प्रचण्डकी नातिनी स्मृति दाहालले गीत गाएकी छिन् । उक्त गीतमा स्मृति र अर्का गायक प्रताप दासको पनि स्वर सुन्न सकिन्छ ।

गीतलाई बसन्त सापकोटाले तयार पारेका हुन् । रेखा फिल्मसको ब्यानरको फिल्ममा सापकोटाले यसअघि पनि गीत दिएका थिए ।

रेखाले निर्माण गर्ने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्ने चर्चा छ । केही समयअघि यो फिल्ममा दयाहाङ राई र सौगात मल्लले शीर्ष भूमिकामा अभिनय गर्ने खबर बाहिरिएको थियो ।

वैशाखको पहिलो हप्ताबाट छायांकन शुरु हुने यो फिल्मलाई एक्सन लभस्टोरी भनिएको छ । फिल्मको आगामी वर्षको लक्ष्मी पूजामा रिलिज हुने गरी तयारी भइरहेको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  १२ : ३७ बजे

दाइको हत्या गरेको आरोपमा भाइ पक्राउ

संखुवासभा– आफ्नै दाइ ४१ वर्षीय सनमान राईको हत्या गरेको आरोपमा सभापोखरी गाउँपालिका-३

कार्यालय समयमा कार्यकक्षमा नहुने स्वास्थ्यकर्मीलाई कारबाही गरिने

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा नहुने

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट