प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ | Khabarhub Khabarhub

प्रियंका आफूभन्दा जेठी हुँदा निकलाई समस्या छ ? दिए यस्तो जवाफ


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड र हलिउडका फ्यानका लागि निक जोनस र प्रियंका चोपडाको जोडी सधै चासोको विषय बनेको छ । यो जोडीले बिहे गरेको पनि एक वर्ष भइसक्यो ।

उमेरले प्रियंकाभन्दा निक जोनस १० वर्ष कान्छा छन् । निक यतिबेला २७ वर्षका भए भने प्रियंका ३७ वर्षकी भइन् । निक जोनसले यतिबेला एक शोमा निर्णायकको भूमिका निभाइरहेका छन् ।

‘द भ्वाइस’ नामक उक्त शोका दौरान अर्की निर्णायक क्याली क्लार्कसनले जिस्किँदै सोधिन् – मेरो उमेर ३७ हो, तपाईंको त शायद २७ हैन ?

यो प्रश्नपछि निकले बुझे कि, आखिर उनले के सोध्न खोजिरहेकी थिइन् । निकले जवाफ दिए – मेरी पत्नीको उमेर ३७ भयो । मलाई यो कुराले कुनै दिक्क लगाएको छैन ।

निकको यो जवाफ सुनेर उपस्थित दर्शकले ताली बजाएका थिए । निकले पनि उक्त मोमेन्टको रमाइलो लिए ।

निकअघि प्रियंकाले पनि यो खाले प्रश्नको सामना गर्नुपरेको थियो । एक अन्तर्वार्तामा प्रियंकाले पनि भनेकी थिइन् – यो कुराले मलाई फरक पर्दैन, मलाई लाग्छ कि मिडियाले हामीलाई ट्रोल बनाउनमा महत्त्व दिइरहेको छ, हामी यस्ता ट्रोलका बारेमा कुरा पनि गर्न चाहन्नौं ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ११ : ४७ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको