वैदेशिक रोजगारीको पीडा : ७ महिनामा ५ सय १३ को मृत्यु | Khabarhub Khabarhub

वैदेशिक रोजगारीको पीडा : ७ महिनामा ५ सय १३ को मृत्यु

मलेसियामा ज्यान गुमाउने नेपालीको संख्या धेरै


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्त सम्मको अवधिमा ५ सय १३ जना नेपालीले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

पैसा कमाएर आफ्नो र परिवारको जीवन सुखमय बनाउने सपना बोकेर गएका उनीहरुले विदेशी भूमिमै ज्यान गुमाए ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ७ महिनामा सबै भन्दा धेरै मलेशियमा १ सय ४० जनाले ज्यान गुमाएका छन् । त्यस्तैगरि साउदी अरेबिया पुगेका १ सय २० जनाको ज्यान गएको छ ।

कतारमा रोजगारीमा काम गर्न गएका ८६ जना, संयुक्त अरब एमिरेट्स पुगेका ८० जनाले ज्यान गुमाएका छन् । त्यस्तै कुवेतमा २५ जना, दक्षिण कोरियामा ९ जना, बहराईनमा ६ जना, पोल्याण्डमा ३ जनाले ज्यान गएका छन् ।

अफगानिस्तान, जोडन, माल्दिभ्समा २/२ जना र प्रोचुगल, टर्की, ईजरायल, साईप्रसमा १/१ जना नेपालीले रोजगारीकै क्रममा ज्यान गुमाएको विभागले जनाएको छ ।

वैदेशिक रोजगारीका क्रममा हुने अस्वभाविक मृत्यु दुःखत भएको भन्दै वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले विदेश जाने कामदारका लागि अभिमुखिकरणको कोटा बढाउने बताए ।

‘अभिमुखीरकण तालिमले केही मात्रामा विदेशमा भइरहेको श्रमिकको मृत्युदर रोकिन्छ’, उनले भने, ‘देशको भाषा, हावापानी, सडक दुर्घटना र अन्य कारणले विदेशमा नेपाली श्रमिकको मृत्यु भइरहेको छ । यो समस्याको समाधानका लागि सरकारले प्रयास गरिरहेको छ ।’

वैदेशिक रोजगारीको लागि विदेशिने नेपालीको संख्या ३ लाख नाघेको छ । चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा ३ लाख १ हजार ६ सय ८७ नेपाली रोजगारीका लागि विदेशिएको वैदेशिक रोजगार विभागको जनाकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार सोहि अवधिमा २ सय २१ जना कामदार विदेशी अस्पतालको बेडमा मृत्युसँग लडिरहेका छन् ।

माघ महिनामा संस्थागत, रिईन्ट्री, व्यक्तिगत तथा वैधानिकीकरण गरी गत महिनामा ४८ हजार ६ सय ७४ जना रोजगारीका लागि विदेशिएको विभागले जानकारी दिएको छ । माघ महिनामा संस्थागत रुपमा म्यानपावर कम्पनी मार्फत २५ हजार १ सय ७१ जना वैदेशिक रोजगारीमा गएका छन् ।

व्यक्तिगत रिईन्ट्री मार्फत २५ हजार २ सय ५५, व्यक्तिगत नयाँ श्रम स्वीकृतिमा १ हजार २ सय ३४ जना विदेश गएका छन् ।

दु:ख पाउने सीप नभएका कामदार

माघ महिनामा रोजगारीका लागि ८२ वटा देशमा नेपाली पुगेका छन् । पुस महिनामा श्रम स्वीकृति लिएर विश्वका विभिन्न ८४ मुलुकमा नेपाली कामदार पुगेका थिए । पुस महिनामा श्रम स्वीकृति लिएका मध्ये सबैभन्दा धेरै अदक्ष कामदार छन् । गत महिना २७ हजार ४ सय १७ अदक्ष कामदार विदेश पुगेका छन् ।

त्यस्तैगरी सीपयुक्त जनशक्ति १६ हजार ७ सय १९, अर्धसीप भएका ४ हजार ४ सय ९१, व्यवसायिक सीप भएका ४२ जना र विशिष्ट सीप भएका ५ जनाले अन्तिम श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

मृतकका परिवारलाई ३७ करोड १७ लाख

चालू आर्थिक वर्षको ७ महिनामा सरकारले ५ सय ३१ परिवारलाई ३७ करोड १७ लाख रुपैयाँ प्रदान गरेको छ । प्रतिव्यक्ति ७ लाखका दरले परिवारलाई सहयोग गरेको छ । जीवन बीमा अन्तर्गत प्रतिव्यक्ति १० लाख दिने गरेका छ ।

वैदेशिक रोजगारीका शिलशिलामा मृत्यु हुने श्रकिमका परिवारलाई सरकारले क्षतिपूर्ति स्वरुप ७ लाख आर्थिक सहयता दिदै आएको बोर्डका सूचना अधिकारी सुवेदीले जानकारी दिए ।

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई कल्याणकारी कोषबाट राहत दिने गरेको सूचना अधिकारी सुवेदीले बताए । वैदेशिक रोजगारीका क्रममा अंगभंग भएका र विरामी भएका श्रमिकलाई पनि बोर्डले अवस्था अनुसार आर्थिक सहयोग गदै आएको उनले बताए ।

५ वर्षमा ४१ सयको मृत्यु

पछिल्लो पाँच वर्षमा वैदेशिक रोजगारीमा गएका ४ हजार १ सय ५३ जना कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन् ।

५ सय ४५ अर्काको देशको जेलमा यातना भोगिरहेका छन् । तीमध्ये २५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

२५ कामदार विदेशकै अस्पतालको कोमामा मृत्युसँग लडिरहेका छन् । अनि ३ सय ८८ कामदार हराएका छन् । उनीहरुको तथ्यांक र अवस्था अहिलेसम्म अज्ञात छ ।

५ वर्षको अवधिमा नेपालबाट २१ लाख ७२ हजार ५ सय १० युवा विभिन्न मुलुकमा गएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७५/७६ मा मात्रै ५ लाख ८८ हजार ८ सय २८ नेपाली काम गर्न विभिन्न मुलुक गएका छन्।

सो अवधिमा ७ सय ५३ कामदारले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य हो। वैदेशिक रोजगारीमा गएकामध्ये सबैभन्दा बढी युवाको मृत्यु हुने मुलुक पनि मलेसिया नै हो। विगत ५ वर्षमा मलेसियामा मात्रै १ हजार ५ सय ३७ कामदारले ज्यान गुमाएका छन् ।

त्यस्तै, साउदी अरेबियामा १ हजार १ सय ४७ जना, कतारमा ७ सय ७, युएईमा ३ सय ३७, कुवेतमा १ सय ४५, कोरियामा ७६, बहराईनमा ४८ र जापानमा १२ जनाले ज्यान गुमाएको तथ्यांक वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको छ।

पाँच वर्षको अवधिमा यी ८ मुलकमा मात्रै ४ हजार ९ जना कामदारले ज्यान गुमाएमा छन् ।

जेलमा रहेका ५ सय ४५ नेपाली मध्ये १९ जना महिला छन् । जेलमै रहेका मध्ये १९ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। मृत्युदण्ड सुनाइएका मध्ये १६ जना मलेसियामा छन् । साउदी अरब रियादमा ५ जना, कुवेतमा ३ र युएईमा १ जनालाई मृत्युदण्ड सजाय तोकिएको छ।

विदेशी जेलमा रहेकामध्ये ७ जनालाई आजीवन कारावासको सजाय भएको छ। त्यस्तै, २ जनालाई २५ वर्ष र २ जनालाई १५ वर्ष, ५ जनालाई १४ वर्षसम्मको सजाय सुनाइएको छ। त्यस्तै १९ जनालाई १० वर्षसम्मको र १ जनलाई ५ वर्षसम्मको सजाय दिइएको छ। ४४ जनालाई १ वर्षसम्मको र ७५ जनालाई ३ महिनासम्मको सजाय तोकिएको छ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ९ : ११ बजे

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ

चेपाङ बस्तीमा पक्की विद्यालय भवन निर्माण

भरतपुर– चितवनको इच्छाकामना गाउँपालिका–१ स्थित राष्ट्रिय आधारभूत विद्यालयको पक्की भवन