कांग्रेस बैठकः ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय अनुमोदन | Khabarhub Khabarhub

कांग्रेस बैठकः ०७७ फागुनमा महाधिवेशन गर्ने निर्णय अनुमोदन


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ०७७ फागुन ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको छ।

सोमबार पार्टी कार्यालय सानेपमा बसेको बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार गत पुस ११ गते भएकै निर्णयलाई सर्वसम्मत निर्णय गरिएको हो।

‘पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय बैठकले गरेको छ,’ बैठकपछि पत्रकारहरूसँग शर्माले भने।

उलने क्रियाशील सदस्यता छानविका लागि ७ सदस्यीय कार्यदल बनाउने निर्णय भएको जानकारी दिए । कार्यदलमा रहने सदस्यहरुको नाम भने टुंगो लागिनसकेको उनले बताए ।

शर्माका अनुसार जिल्ला अधिवेशनको कार्यतालिका यसअघिको भन्दा हेरफेर गर्ने सहमति पनि भएको छ। पुस ११ मा सभापति देउवा पक्षका केन्द्रीय सदस्यहरू मात्रै उपस्थित बैठकले महाधिवेशन कार्यतालिका ल्याएको थियो।

सोमबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धी धारा निलम्बन नगर्ने सहमति गरेको छ । पार्टी कार्यालयमा सोमबार दिउँसो नेविसंघका दुई समुहबीच भएको झडपले पार्टीलाई दुखित बनाएको प्रवक्ता शर्माले बताए ।

कांग्रेस बैठकका निर्णयः

१. नेपाली कांग्रेस पार्टी संगठनको अन्तरिम संरचनाको समायोजन पश्चात क्रियाशील सदस्यता वितरण/नवीकरण गरी पार्टीको विधान र नियमावली अनुसारका आवश्यक प्रक्रिया पु¥याई देहाय बमोजिमको मितिमा देहाय बमोजिमका कार्य सम्पन्न गरी पार्टीका मातहत निकायका अधिवेशन र चौधौ महाधिवेशन सम्पन्न गर्नको लागि कार्यतालिका परिमार्जित गरिएको छ ।

(क) पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्ने अवधि– २०७६ माघ मसान्तभित्र ।

(ख) विधानले तोकेको कार्यविधि बमोजिम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि – २०७६ फाल्गुण देखि २०७६ चैत्र मसान्तसम्म ।

(ग) प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले वितरण गरेको नयाँ क्रियाशील सदस्यता र जिल्ला कार्यसमितिले नवीकरण गरेको क्रियाशील सदस्यताको सूची प्रकाशन र केन्द्रमा पठाउने अवधि – २०७७ वैशाख मसान्तभित्र ।

(घ) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा उजुरी र नवीकरण उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी दिने अन्तिम अवधि –२०७७ जेष्ठ १५ गतेभित्र ।

(ङ) उजुरी उपर क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ जेष्ठ मसान्तभित्र ।

(च) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णयमा चित्त नबुझेमा क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा उजुरी/पुनरावेदन दिइसक्नु पर्ने अवधि –२०७७ असार १५ गतेभित्र ।

(छ) उजुरी/पुनरावेदन उपर क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिले निर्णय गरिसक्नु पर्ने अवधि –२०७७ श्रावण १५ गतेभित्र ।

(ज) नयाँ क्रियाशील सदस्यता र क्रियाशील सदस्यता नवीकरणको नामावलीको अन्तिम सूची तयार गरी छानविन समितिले केन्द्रीय सभापतिलाई बुझाई सक्नु पर्ने अवधि –२०७७ श्रावण २५ गतेभित्र ।

(झ) केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि –२०७७ श्रावण मसान्तभित्र ।

२. अधिवेशनः
(क) गाउँ/नगर वडा अधिवेशन– २०७७ कार्तिक १६ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०७७ कार्तिक १८ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०७७ कार्तिक २१ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०७७ कार्तिक २३ गते
(ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन –२०७७ कार्तिक २५ गते
(च) प्रदेश अधिवेशन– २०७७ मंसिर २९ गते
(छ) केन्द्रीय महाधिवेशनः २०७७ फाल्गुण ७, ८, ९ र १० गते काठमाडौं ।

. नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (८) (ङ) बमोजिम गठन हुने “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले गर्ने कार्य सम्पादन गर्नका लागि विधानको धारा २२ (७) बमोजिम सात सदस्यीय क्रियाशील सदस्यता छानविन समिति गठन गर्ने । यस समितिले विधानको धारा ४ (८) (घ) र (ङ) बमोजिमको कार्य तोकिए बमोजिमको अवधिभित्र सम्पन्न गर्नेछ । सभापतिले समितिका संयोजक र सदस्यहरुको मनोनयन आवश्यक परामर्श गरी गर्ने ।

४. पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्नका लागि परिमार्जन सहित आज पारित गरिएको उपरोक्त कार्यतालिका र कार्यविधिसँग सम्बन्धित विधानका धारा र नियमावलीका नियम सम्बन्धमा अर्को बैठकमा छलफल गरी निर्णय गर्ने ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ५५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका