थ्रीस्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा | Khabarhub Khabarhub

थ्रीस्टारलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको खेलमा जित हात पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

उपाधिको दाबेदार मानिएको थ्रीस्टारविरुद्धको खेलमा मछिन्द्र २–० गोल अन्तरले विजयी भएको हो ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा अर्को दावेदार टोली थ्रीस्टार क्लबमाथि २–० को जित निकाल्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ ।

मछिन्द्रलाई जिताउन खेलको ३८औं मिनेटमा रेजिन सुब्बाले तथा ९० औं मिनेटमा विशाल राईले एक–एक गोल गरेका थिए ।

मछिन्द्र ९ खेलबाट १९ अंकसहित शीर्ष स्थानमा पुगेको छ । एक खेल कम खेलेको त्रिभुवन आर्मी क्लब १७ अंकसहित दोस्रो स्थानमा छ ।

साविक विजेता मनाङ–मर्स्याङ्दी क्लब १६ अंकसहित तेस्रो स्थानमा छ । १४ अंकको थ्रीस्टार चौथो स्थानमा यथावत् छ ।

यसैबीच सोमबार नै भएको खेलमा जित हात पार्दै नेपाल पुलिस क्लब पाँचौं स्थानमा पुगेको छ । सोमबारै दशरथ रंगशालामा भएको पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले हराउँदै पुलिस पाँचौं स्थानमा पुगेको हो ।

पुलिसलाई जिताउन कप्तान भोलानाथ सिलवालले खेलको १३औं मिनेटमा निर्णायक गोल गरे । पराजित सशस्त्र ५ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।

लिग अन्तर्गत मंगलबार दुई खेल हुनेछन् । मंगलबार हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले र सरस्वती युथ क्लबबीच दिउँसो १२ बजे प्रतिस्पर्धा हुनेछ भने दिउँसो ३ बजे आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ६ : ११ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न