दिशा पटानीलाई चुम्बन गर्दा यी अभिनेतालाई लागेन अलिकति पनि अप्ठेरो | Khabarhub Khabarhub

दिशा पटानीलाई चुम्बन गर्दा यी अभिनेतालाई लागेन अलिकति पनि अप्ठेरो


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दिशा पटानी आजभोलि खुबै चर्चामा आउने गर्छिन् । उनका हरेक फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् । करिअरको छोटो समयमा सलमान खानदेखि टाइगर श्राफसँग दिशाले रोमान्स गर्ने मौका पाएकी छिन् ।

उनी यतिबेला सलमान खानको फिल्म ‘राधे’ मा पनि अनुबन्ध भएकी छिन् ।

पछिल्लो समय भने दिशा फिल्म ‘मलंग’ का कारण चर्चामा छिन् । फिल्मको ट्रेलर रिलिज भएको छ र यो रुचाइएको पनि छ ।

ट्रेलरको एक दृश्यमा दिशालाई बिकिनी अवतारमा देख्न सकिन्छ । यो लूकलाई फ्यानले खुबै मन पराएका छन् । फिल्मको एक पोस्टरको पनि चर्चा छ । किनकि, दिशा र आदित्यले फरक तरिकाले चुम्बन गरिरहेका हुन्छन् ।

हालै आदित्यसँग यो दृश्यका बारेमा सोधियो कि, के उनलाई दिशासँग किसिङ सिन दिँदा अप्ठेरो भएको थियो ?

यसमा आदित्यले भने, ‘फिल्मको छायांकनका बेला अलिकति पनि अप्ठेरो भएन, न त कुनै अचम्म नै लाग्यो ।’

आदित्यले दिशाको तारिफ पनि गरे । साथै यो दृश्य दिनका लागि दिशाले पनि सहजता बनाइदिएको उनले बताए ।

मोहित सुरीले निर्देशन गरेको यो फिल्ममा अनिल कपूरको पनि भूमिका छ । फिल्मको ट्रेलरले राम्रो चर्चा कमाएको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ४ : ५१ बजे

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं (तस्बिरहरु)

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा