सिद्धबाबाको बीच सडकमा ट्यांकर बिग्रदाँ सडक अवरुद्ध | Khabarhub Khabarhub
Logo
५ फाल्गुन २०७६, सोमबार

सिद्धबाबाको बीच सडकमा ट्यांकर बिग्रदाँ सडक अवरुद्ध



पाल्पा– सिद्धबाबामा एउटा ट्यांकर बिग्रदा सडक अवरुद्ध भएको छ ।

एचआर ५८ ए ८९१० भारतीय नंको ट्याङ्कर फर्काउने क्रममा बिग्रिएकाले सोमबार बिहान ७ बजेदेखि सिद्धार्थ राजमार्गको सिद्धबाबा सडकखण्ड अवरुद्ध बनेको हो ।

सडक अवरुद्ध भएका कारण यातायातका साधन सञ्चालन हुन नसक्दा यात्रु बीच बाटोमै अलपत्र छन् ।

प्रहरीका अनुसार ट्याङ्कर फर्काउने क्रममा पार्किङमा राखिएका भ्यान र स्कुटीलाई ठक्कर दिएको थियो । ठक्करबाट लु१ज ३२१५ नं को भ्यान र लु४६च ३२३६ नं स्कुटीमा क्षति पुगेको छ ।


भर्खर

0