बुद्धिमान हुन खानुस् शाकाहारी खाना | Khabarhub Khabarhub

बुद्धिमान हुन खानुस् शाकाहारी खाना


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाकाहारी खाना खादा मष्तिष्कलाई ताजा राख्न मद्दत मिल्ने अनुसन्हधानकर्ताहरुले दावी गरेका छन् ।

मासुमा पाइने तत्व चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता पनि बढी हुने गर्दछ ।

तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् ।

यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ । शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना पनि कम हुन्छ ।  शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको  अनुसन्धानदाताहरुले जनाएका छन ।

मृगौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ । मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ ।

शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपाइ कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्ने बताइन्छ ।

यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावनामांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन । शाकाहारीलाई मृगौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मृगौलासंग सम्बन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।

अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानपछि अनुसन्धानदाताहरु शाकाहारी भोजनले मानिसलाई बुद्धिमान बनाउने निष्कर्षमा पुगेका हुन ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ३९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न