अग्नि सापकोटा विरुद्ध शितलनिवास अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ | Khabarhub Khabarhub
Logo
८ फाल्गुन २०७६, बिहीबार

अग्नि सापकोटा विरुद्ध शितलनिवास अगाडि प्रदर्शन गर्ने १२ जना पक्राउ



फाइल तस्वीर

काठमाडौं– नवनिर्वाचित सभामुख अग्नि सापकोटाविरूद्ध राष्ट्रपति कार्यालय शितल निवासअगाडि प्रदर्शन गरिएको छ । सभामुख विरुद्ध प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीलाई पक्राउ गरेको छ ।

सापकोटाले सोमबार(आज) राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिइरहँदा बाहिर मानवअधिकारीहरु प्रदर्शनमा उत्रिएका थिए । विरोधमा उत्रिएका १२ जनाभन्दा धेरैलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै सापकोटाविरूद्ध मुद्दा लडिरहेकी पूर्णिमाया लामालगायत पक्राउ गरिएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको बेलामा सापकोटालाई सभामुख निर्वाचित गरिएको भन्दै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।


भर्खर

0