नेयमारले गरे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ब्रायन्टलाई गोल समर्पण | Khabarhub Khabarhub

नेयमारले गरे हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका ब्रायन्टलाई गोल समर्पण


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेयमारले आफ्नो गोल बास्केटबल लिजेण्ड कोबी ब्रायन्टलाई समर्पण गरेका छन् ।

लिग वानमा आइतबार भएको लिल्लेविरुद्ध पेरिस सेन्ट जर्मन (पीएलसजी) का लागि दुई गोल गरेका नेयमारले ब्रायन्टलाई आफ्नो गोल समर्पण गरेका हुन् ।

५ पटकका नेसनल बास्केटबल च्याम्पियन ब्रायन्ट र उनकी छोरीको आइतबार हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो ।

लिल्लेलाई पीएसजीले २–० गोल अन्तरले पराजित गरेको थियो । उक्त दुवै गोल नेयमारले गरेका थिए ।

नेयमारले टोलीका लागि २८ औं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए । उनको उक्त पेनाल्टी गोल टीमको जीतका लागि निर्णायक बन्यो ।

नेयमारले पेनाल्टीमा गोल गरिसकेपछि आकाश तिर हेर्दै एक हातका दुई र अर्को हातका चार औंला उठाउँदै ब्रायन्टको जर्सि नम्बर २४ का लागि प्राथना गरेका थिए ।

बास्केटबलका प्रशंसक नेयमारले खेल सकिएपछि इन्टाग्राममा ब्रायन्टलाई लिजेण्ड भन्दै दु: ख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ११ : ५७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन