सैनिक जवानको भुइँमा खसेको ‘क्याप’ लगाइदिएपछि पुटिनको प्रसंशा | Khabarhub Khabarhub

सैनिक जवानको भुइँमा खसेको ‘क्याप’ लगाइदिएपछि पुटिनको प्रसंशा


१३ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सम्मानमा खटिएका एक जना सैनिकको भुइँमा खसेको क्याप टिपेर लगाइदिएपछि सामाजिक सञ्जालमा उनको प्रस‌ंशा भएको छ ।

राष्ट्रपति पुटिनले सैनिक जवानको क्याप टिपेर लगाइदिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

राष्ट्रपति पुटिन गत शनिबार प्यालेष्टाइनको भ्रमणमा थिए । उनलाई देशका महत्त्वपूर्ण अतिथिको रुपमा सम्मान दिइँदै थियो ।

कार्यक्रममा प्यालेष्टाइनी सहर बेथलेहममा भइरहेको थियो । गार्ड अफ अनर्स सुरु हुनुभन्दा अघि त्यहाँ खटिएका एक सैनिक जवानको क्याप भुईंमा खस्यो । समारोह शुरु भइसकेकाले सैनिकले क्याप टिप्न निउरिन अवस्था थिएन ।

पुटनअघि पुगिस्कदा पनि क्याप उनी हिँडिरहेको रेड कार्पेटकै छेउमा खसेको थियो । पुटिनले त्यो देखेपछि प्रोटोकल तोडेर क्यापलाई उठाएर जवानलाई लगाइदिए र ‘थम्ब्स अप’ गरे ।

समाजिक सञ्जालमा पुटिनको यो कदमको मानिसहरुले प्रसंशा गरिरहेका छन् ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  ७ : ०० बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न