विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल | Khabarhub Khabarhub

विदेशी चलखेलले विभाजनलाई मलजल गर्‍यो : नेता गजुरेल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपाका नेता हरिबोल गजुरेलले दल विभाजनको दुर्भाग्यपूर्ण अवस्थामा पुगे पनि जनआन्दोलनको उपलब्धि नै समाप्त पार्ने गरी गतिविधि नगर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

उनले एकअर्काको योगदान र अस्तित्वलाई नै समाप्त पार्ने ढङ्गबाट शीर्ष तहबाटै भइरहेको गालीगलोज र टीकाटिप्प्णी रोक्न दुवै समूहलाई सुझाव दिएका छन् ।

नेता गजुरेलले भने, “स्थायी समितिको निर्णय विपरीत तथा अरु सम्भावनाको खोजीविनै संसदीय दलमा समेत छलफल नगरी संसद् भङ्ग गर्ने प्रधानमन्त्रीको कदम त्रुटीपूर्ण छ ।”

उनले पार्टी विभाजनले उपलब्धी संस्थागत गर्न चुनौती खडा हुने भएकाले तटस्थ रही एकताका लागि आफूले भगीरथ प्रयास गरे पनि अन्तरराष्ट्रिय चलखेल र स्वयम् नेताकै महत्वाकांक्षाले एकता जोगाउन बाधा पुगेको धारणा राखे ।

पार्टीको आन्तरिक जीवनमा देखिएका समस्या र थेग्नै नसक्ने गरी भएको विदेशी चलखेलले नेकपाको विभाजनलाई मलजल गरेको बताउँदै नेता गजुरेलले भने, “पछिल्लो समय थेग्नै नसक्ने गरी विदेशी चलखेलका घटनाक्रमले पार्टी विभाजनलाई थप सहयोग गर्यो‍ ।”

पार्टीलाई सिद्धान्त र विचारका आधारमा बलियो तुल्याउन गुटबन्दी होइन, विचार समूहको मात्रै अभ्यास गर्नु उचित हुने तर्क गर्दै उनले एकता कायम राख्न बालुुवाटार जाँदा प्रचण्डको तथा खुमलटार जाँदा प्रधानमन्त्रीका पक्षमा आफूले इमान्दारीपूर्वक वकालत गर्दै आएको बताए ।

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ६ : २६ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन