देशभर २४ घण्टामा ५०० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित) | Khabarhub Khabarhub

देशभर २४ घण्टामा ५०० कोरोना संक्रमित थपिए, कहाँ कति ? (विवरणसहित)


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ४९ हजार १३२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १८१९ पुगेको छ ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा ५, धनकुटामा ३, मोरङमा ४ र सोलुखुम्बुमा १ रहेका छन् ।

त्यस्तै, प्रदेश २ को धनुषामा २, बारामा १ र महोत्तरीमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

वाग्मती प्रदेशको काठमाडौं २०९, काभ्रेमा १०, चितवनमा ४, दोलखामा ५, धादिङमा ३, नुवाकोटमा १, भक्तपुरमा १६, मकवानपुरमा ६, रामेछापमा १, ललितपुरमा ४२, सिन्धुलीमा ३ र सिन्धुपाल्चोकमा ५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै गण्डकी प्रदेशको कास्कीमा ३३, गोरखामा १४, तनहुँमा २, पर्वतमा २, म्याग्दीमा ४, लमजुङमा १, बागुलङमा १ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी २४ घण्टाको अवधिमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ११, गुल्मीमा ५, दाङमा २३, नवलपरासीमा ५, पाल्पामा १, प्यूठानमा ४, बर्दियामा ४, बाँकेमा १८, रोल्पामा १, र रुपन्देहीमा २८ जना संक्रमित थपिएका छन् ।

यसैगरी कर्णाली प्रदेशमा सो अवधिमा कुनै पनि नयाँ संक्रमित थपिएका छैनन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, डडेल्धुरामा १ र बझाङमा १२ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ स्वास्थ्य मन्त्रालयको तथ्यांक

 

 

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ४ : ०० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०