प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल | Khabarhub Khabarhub

प्रदर्शनमा सहभागी बन्न सभापति देउवाको अपिल


११ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाका विरुद्ध यही पुस १३ गते कांग्रेसले आयोजना गरेको प्रदर्शनमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।

कांग्रेसले संसद् विघटनविरुद्ध १६५ वटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन आयोजना गर्ने निर्णय गरेको छ । उनले आज एक अपिल जारी गर्दै पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर उक्त कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गरेका थिए ।

सो कार्यविरुद्ध कांग्रेस सम्पूर्णरुपले एकमत साथ उभिएको उल्लेख गर्दै उनले जारी केन्द्रीय कार्यसमितिको बैठकमा आफैँले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर केन्द्रीय कार्यसमितिको निर्णयपश्चात अहिले सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित रहेको बताए ।

प्रकाशित मिति : ११ पुस २०७७, शनिबार  ३ : ०८ बजे

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिदै

फ्रेन्च लिग वान : पीएसजीको फराकिलो जित

काठमाडौं– फ्रेन्च लिग फुटबलमा पीएसजीले फराकिलो जित निकालेको छ ।

सरकारको स्थायित्वबारेका हल्ला निराधार : पौडेल

काठमाडौं– एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान पुष्पकमल दाहाल

खेलकुदमा भारतका युवा स्टारको उदय

विश्व एथलेटिक्समा नीरज चोपराको स्टारडम स्थापित भएको तीन वर्ष हुँदैछ।

बजेट निर्माणबारे अर्थमन्त्रीलाई पूर्वअर्थमन्त्रीहरुको सुझाव

काठमाडौ– अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे