मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड, २ हजारसम्मको भुक्तानी गर्न सकिने | Khabarhub Khabarhub

मेगा बैंकले ल्यायो कन्ट्याकलेस डेबिट कार्ड, २ हजारसम्मको भुक्तानी गर्न सकिने


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुका लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन-एनएफसी) भुक्तानी सेवा सुरु गरेको छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेको हो ।

कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हो । जसमा कार्डलाई एनएफसी भएको पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ । एनएफसी जडान गरिएको कुनै पनि मेसिनमा यस सेवाको प्रयोग गर्न सकिने बैंकले जनाएको छ । कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डको डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएको छ ।

ग्राहकलाई विश्व स्तरीय बैंकिङ अनुभव दिनको यो नयाँ टेक्नोलोजी भित्र्याइएको मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइन् । साथै, यस टेक्नोलोजी मार्फत बैंकले २ हजार रुपैयाँसम्मको भुक्तानी गर्न सक्ने उनले जानकारी गराइन् ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १२ : ४९ बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको