बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन | Khabarhub Khabarhub

बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन महानगरमा ५५८ स्वास्थ्य स्वयमसेविका परिचालन

२७९ वुथबाट २ दिनमा ५५ हजार बालबालिकालाई भिटामिन खुवाइने


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज र भोलि गरेर काठमाडौं महानगरका करीब ५५ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ ।

राष्ट्रिय भिटामिन ए कार्यक्रमको पहिलो चरणअन्तर्गत महानगरमा ५५८ जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गरिएको छ । उनीहरुले २७९ वुथबाट २ दिनमा करीब ५५ हजार बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउनेछन् ।

महानगरका मेयर विद्यासुन्दर शाक्यले वडा २१ लगनमा आएका बालबालिकालाई खोप दिएर कार्यक्रमको शुभारम्भ गरे ।

जनस्वास्थ्य विभागकाअनुसार गएको असार महिनामा ५४ हजार ९६८ जनालाई खोप दिइएको थियो । त्यस्तै गएको वर्ष कार्तिकमा ६१ ह्जार ७०९ जनालाई खुवाइएको थियो ।

महानगरले हरेक अभिभावकलाई ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए कार्यक्रममा सहभागी गराउन आग्रह गरेको छ ।

यस कार्यक्रममा बालबालिकालाई भिटामिन ए सँगै जुकाको औषधि खुवाइन्छ । रतन्धो र कुपोषणबाट बचाउन सञ्चालन गरिएको यस कार्यक्रममा आउने अभिभावकलाई–भिटामिन ए पाइने र घरमै पाइने खाद्यवस्तुका बारेमा जानकारी दिने गरिएको छ ।

कार्यक्रममा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइन्छ भने १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइन्छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  २ : २० बजे

रूसविरुद्ध एफ-१६ लडाकु विमान प्रयोग भए वैध निशाना बनाउने पुटिनको घोषणा

मस्को– युक्रेनलाई दिइएको एफ-१६ लडाकु विमान तेस्रो पक्षबाट प्रयोग गरिएमा

गैँडाकोटमा अनलाइनबाट नागरिकता सिफारिस

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस

इलामको उपनिर्वाचनमा रास्वपाले मिलन लिम्बूलाई उठाउने  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ को उपनिर्वाचनमा मिलन लिम्बूलाई

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय थपियो

ढाका– बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को छ

सादा पोशाकमा प्रहरी परिचालन नगर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं– गैर– जिम्मेवार क्रियाकलापमा संलग्न भएको गुनासो आएपछि उपप्रधान एवं