खोरमा परेर चितुवा नियन्त्रण | Khabarhub Khabarhub

खोरमा परेर चितुवा नियन्त्रण


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको भानु नगरपालिका–२ स्थित सामुदायिक वनमा थापिएको खोरमा आज बिहान चितुवा नियन्त्रणमा आएको छ ।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको काठको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

सहायक वन अधिकृत सुरेशकुमार भुजेलले खोरमा परेर चितुवा नियन्त्रणमा आएको र सुरक्षितरूपमा स्थानान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

मजुवा ओख्ले सामुदायिक वनमा थापिएको खोरमा परेर दोस्रो पटक चितुवा नियन्त्रणमा आएको छ । गत वर्ष सोही खोरमा एउटा चितुवा परेको थियो ।

खोरमा परेर नियन्त्रणमा आएको उक्त चितुवा एघारौँ हो । केही दिनअघि मात्रै आँबुखैरेनी गाउँपालिका–२ पौवागाउँमा थापिएको फलामको खोरमा परेर दशौँ चितुवा नियन्त्रणमा आएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् ।

चितुवाले बस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  १ : २० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश