भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे | Khabarhub Khabarhub

भारतीय विदेश सचिव श्रृंगला नेपाल आइपुगे


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने भ्रमणका लागि काठमाडौँ आइपुगेका छन् ।

उनी चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

भ्रमणको पहिलो दिन आज विदेश सचिव श्रींगलाले नेपाल र भारतका दुइपक्षीय सहयोगका विषयमा छलफल गर्ने छन् । यसका लागि आजै दुई देशका प्रतिनिधिबीच उच्चस्तरीय बैठक समेत हुनेछ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही साताअघि भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले गरेको भ्रमणपछि भारतीय उच्चस्तरीय अधिकारीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

नेपाल र भारतबीच कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका विषयमा विवाद भइरहेका बेला भारतीय पक्षबाट भइरहेका यस किसिमका उच्चस्तरीय भ्रमणले वार्ताको वातावारण बनाउने विश्वास गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास स्रोतका अनुसार नेपाली समकक्षी र अन्य उच्च व्यक्तिहरुसँग भेटघाटको क्रममा दुईपक्षीय सहकार्यका विभिन्न क्षेत्रहरुको बारेमा कुराकानी हुने छ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : २० बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती