कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदासम्म दिल्लीका विद्यालय बन्द हुने | Khabarhub Khabarhub

कोरोनाविरुद्धको खोप उपलब्ध नहुँदासम्म दिल्लीका विद्यालय बन्द हुने


११ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतको दिल्ली प्रदेशमा कोरोनाभाइरस विरुद्धको खोप नआउदासम्म विद्यालय बन्द नै रहने भएका छन् ।

खोप नआउदासम्म बालबालिकाहरु विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरु खोल्न ठीक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो ।

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाले भने, ‘जहिलेसम्म खोप आउदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरु बन्द नै रहन्छन् ।’

कोरोनाविरुद्धको खोप नआउदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनले स्पष्ट पारे ।

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सवै विद्यालयहरु बन्द नै रहेका छन् ।

कोरोनाभाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो ।

भारतका कतिपय प्रदेशहरुले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ ।

तुलनात्मक रुपमा कोरोनाभाइरसबाट बढी प्रभावित प्रदेश भएकाले पनि दिल्ली सरकारले विद्यालय खोल्ने जोखिम नलिएको हो ।

नयाँदिल्लीमा मात्रै अहिलेसम्म कोरोनाभाइरसबाट पाँच लाख ४० हजार ५४१ जना सङ्क्रमित भएका छन् । त्यहाँ आठ हजार ६२१ जनाको मृत्यु भएको छ । दिल्ली प्रदेश भारतमा कोरोनाभाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ ।

प्रकाशित मिति : ११ मंसिर २०७७, बिहीबार  ११ : १० बजे

थाइल्यान्डमा ‘लु’ बाट ३० जनाको मृत्यु

बैंकक– यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु

मनाङ– विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन नाम्के खर्कबाट

नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती

काठमाडौं- नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले

वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं– नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध खेल्ने टिमको घोषणा गरेको

१६ औँ योजनामा सूचना प्रविधिको विस्तारमा प्रधानमन्त्रीको जोड

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार