फ्रान्समा एकै दिन थपिए ५२ हजार बढी कोरोना संक्रमित  | Khabarhub Khabarhub

फ्रान्समा एकै दिन थपिए ५२ हजार बढी कोरोना संक्रमित 


१० कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्ह्वा- फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै बढेको बताएका हुन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टामा मात्र फ्रान्समा ५२ हजार जनामा कोभिडको संक्रमण भएको पाइएको हो ।

गएको २४ घन्टामा ५२ हजार जनामा कोभिड भएको सोमबार यहाँको पब्लिक हेल्थ एजेन्सीले जनाएको छ । सो एजेन्सीले यहाँ गएको शनिबार मात्र ४५ हजार जनामा नयाँ संक्रमण देखिएको जनाएको थियो भने सोमबार ५२ हजारमा नयाँ संक्रमण भएको पाइएको बताएको थियो ।

यहाँ महामारी सुरु भएदेखि यताको संख्या हेर्दा ११ लाख भन्दा बढीमा यो संक्रमण देखिएको बताइएको छ । उक्त एजेन्सीले फ्रान्समा ११ लाख ३८ हजार जनामा संक्रमण भएको छ ।

यहाँ ३४ हजार जनाभन्दा बढीको यो संक्रमणबाट ज्यान गएको छ । उक्त एजेन्सीले दिएको जानकारी अनुसार यहाँका ३४ हजार ७६१ जनाको यस संक्रमणबाट ज्यान गएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  ५ : ०७ बजे

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती